काठमाडौँ —चैत ४ ।
सोमबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
मकवानपुरस्थित चित्लाङलाई केन्द्रविन्दु बनाएर आएको पराकम्पनको धक्का काठमाडौं उपत्यकासम्म महसुस गरिएको हो ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङलाई केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ रहेको छ ।
