epl

काठमाडौँ —चैत ४ ।

फुल्हमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा लिभरपुल २–१ ले विजयी भयो ।

खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत् निर्णायक गोल गरे ।

यसअघि, सादियो मानेको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएपनि रायन बाबलको गोलमार्फत् फुल्हमले खेल बराबरी गरेको थियो ।

epl

चेल्सीलाई एभर्टनले हरायो

प्रिमियर लिगअन्तर्गत् आइतबार राति नै भएको अर्को खेलमा चेल्सीलाई एभर्टनले २–० ले हराएको छ ।

आफ्नै मैदानमा एभर्टनलाई विजयी गराउन रिचार्लिसन र जिल्फी सिगुर्डसनले एक/एक गोल गरेका थिए ।

हारपछि चेल्सीले अंकतालिकाको चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

लिगमा ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ ।

६० अंकसहित आर्सनल चौथो स्थानमा रहँदा ५८ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौं तथा ५७ अंकसहित चेल्सी छैटौं स्थानमा छ ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here