MSN Excellence Award, Egypt- Model, actor social activist Dipak Dotel

काठमाडौँ —चैत ३ ।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सुप्रसिद्द नायक तथा समाजसेवी दिपक डोटेलले ‘मोडल’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए ।

डोटेलले नेपाली म्युजिक भिडियो तथा चलचित्र क्षेत्रमा एक कुशल मोडल र नायकको रुपमा विगत लामो समयदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल तथा ७० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा आफ्नो कौशल प्रस्तुत गरिसकेका छन।

साथै दैलो, मेन्दु, हलचल लगायत आधा दर्जनबढि उत्कृष्ट चलचित्रहरुमा कुशल नायकको भुमिकामा समेत प्रस्तुत भै सकेका नायक तथा समाजसेवी डोटेल राजधानीमा भर्खरै सम्पन्न राष्ट्र सेवा सम्मान,२०७५ द्वारा सम्मानित हुँदै पछिल्लो समय हाम्रो यात्रा हाम्रो अभियान संस्थामार्फत सडक वालबालिका तथा असहाय वृद्द वृद्दाको साहरा भै तिनको व्यवस्थापणमा सक्रियरुपमा संलग्न रहदै समाजसेवामा आफुलाई अवद्द गराई मोडलिङ्संगै समाजसेवा जस्तो गरिमामय कार्य गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएका छन ।

नेपाली चलचित्र क्षेत्रमा डोटेलले पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट मोडल विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड सुप्रसिद्द मोडल दिपक डोटेललाई प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।

डोटेल पछिल्लो समय बिभिन्न म्युजिक भिडियो तथा चलचित्रहरुमा आफ्नो प्रतिभा प्रस्तुतीमा ब्यस्त रहनुको साथै कलाकारिता संगै समाजसेवामा समेत निकै चासो देखाउने उनी सामाजिक कार्यहरुमा समेत व्यस्त रहँदै भविष्यमा एक कुशल कलाकर्मी तथा समाजसेवीको रुपमा स्थापित हुने बताउछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here