आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

सरकारद्वारा चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो

अपराध, समाचार, समाज
रोल्पा —चैत ३ । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । ‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले ...
मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री ओली

मन्त्रिमण्डलमा हेरफेर हुँदैन : प्रधानमन्त्री ओली

राजनीति, समाचार
विराटनगर — चैत ३ । प्रधानमन्त्री केपी ओलीले हाललाई मन्त्रिमण्डललाई हेरफेर गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् । विराटनगर पुगेका प्रधानमन्त्री ओलीले भने, 'एउटा मन्त्रालय खाली छ । अपूर्णलाई पूर्णता गर्ने एउटा कुरा हो । मन्त्रिपरिषद् हेरफेरको कुनै योजना छैन ।' यस्तैविराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द समूहलाई सरकारले लगाएको प्रतिबन्धलाई लिएर रुवावासी नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्। चन्द समूह मान्यताप्राप्त संस्था नभएको र गैरसरकारी संस्थाहरु जस्तो कतै दर्ता पनि नभएकोे 'अनधिकृत समूह' मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो। 'यो कुन दर्ता भएको पार्टीलाई प्रतिबन्ध लगाएको हो र?' प्रधानमन्त्री ओलीले भने, 'बम पड्काउने, जन्तीका बसमा आगो लगाउने, धम्काउने, चन्दा उठाउने कामलाई पो प्रतिबन्ध लगाएको हो त। त्यसमा आफूलाई लोकतान्त्रिक पार्...
मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न

मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ३ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित अलेक्जेन्ड्रियाको शेराटन होटेलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुहुने अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा ईजिप्टमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा रहेको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको ‘एम एस एन एक्सीलेन्स अ...
त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

शिक्षा, समाचार, समाज
काठमाडौँ —चैत ३ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् । गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन । आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिका अनुसार, आज बिहानैदेखि धर्ना र जुलुस जारी छ । आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् । ‘पाटन क्याम्पसका लागि महिलाको नाम सिफारिस हुँदा समेत नि...
नेकपाका शीर्ष नेता एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा

नेकपाका शीर्ष नेता एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा

राजनीति, समाचार
काठमाडौँ —चैत १ । दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो । पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् । ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि...
अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

अबदेखि राहदानी विभाग बिहान ९ बजे नै खुल्ने

समाचार, समाज
काठमाडौँ —चैत १ । काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ । सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरे । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै राहदानी प्रयोगमा प्रयोगकर्तालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोग...
नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

नेक्रवित्रम चन्दलाई प्रतिबन्ध घोषणासँगै सुरक्षा सतर्कता बढाइयो

अपराध, समाचार, समाज
काठमाडौँ —चैत १ । सरकारले प्रतिबन्ध लगाएको विरोधमा नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले गरेको देशव्यापी बन्दको बढी प्रभाव शैक्षिक क्षेत्रमा परेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशबाट संकलन गरेको रिपोर्टले शैक्षिक संस्थान सबैभन्दा धेरै प्रभावित बनेको देखाएको छ । स्कर्टिङ र राजमार्ग सुरक्षा गस्ती बढाइए पनि लामो दूरीका सवारीसाधन प्रभावित बनेको प्रहरीले जनाएको छ । बन्दका कारण प्रदेश १ का ६० प्रतिशत शैक्षिक संस्था मात्रै सञ्चालनमा आएका थिए भने प्रदेश २ मा ७५ प्रतिशत शैक्षिक संस्था चले । प्रदेश ३, ५, ६ र कर्णाली प्रदेशका शैक्षिक संस्था फाटफुट मात्रै चलेको र गण्डकी प्रदेशका शैक्षिक संस्था ५० प्रतिशत मात्रै सञ्चालनमा आएको प्रहरी रिपोर्ट छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाको अवस्था सामान्य रहेपनि पठनपाठन भने पूर्ण रूपमा प्रभावित भयो । सबैजसो प्रदेशका छ...
सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता किन हिचकिचाए ?

सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता किन हिचकिचाए ?

आर्थिक, समाचार
काठमाडौँ —चैत १ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन् । मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून छ । मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान छन् । तीमध्ये हालसम्म २१ सय ३० रोजगारदाता मात्र सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रमबारे बुझाउनै नसकिएको स्विकारे । ‘योगदानकर्ताले यसलाई सञ्चय कोष र नागरिक लगानी कोषसँग तुलना गरेको पाइयो,’ उनले कान्तिपुरसँग भने, ‘यो कार्यक्रम दीर्घकालका ...
सुधारिएको प्रदर्शन बंगलादेशको

सुधारिएको प्रदर्शन बंगलादेशको

खेलकुद, समाचार
विराटनगर — चैत १ । नेपाल र बंगलादेशबीच एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनल सुरु हुन दुई घण्टामात्र बाँकी थियो । महाभूकम्प (वैशाख १२, २०७२) ले ९ हजार बढी नेपालीको ज्यान लियो र दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनायो । त्यसले यू–१४ को फाइनल पनि रोकियो । त्यसको ६ महिनापछि नेपाली सेनाको लगनखेलस्थित शारीरिक तथा खेलकुद तालिम केन्द्रमा भएको फाइनलमा घरेलु टिम नेपालमाथि १–० को जित रच्दै बंगलादेशले अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि हात पारेको थियो । बंगलादेशी महिला फुटबल टिमले नेपालमाथि पाएको पहिलो जित त्यही लगनखेलको थियो । त्यहाँ निर्णायक गोल गरेकी सविना खातुन बंगलादेशी राष्ट्रिय टिमको कप्तानी गर्दै विराटनगर आइपुगेकी छन् । उनको टिमले एसियाली फुटबल महासंघ (एएफसी) को दक्षिण तथा मध्य एसियाली प्रतियोगिता सन् २०१६ मा पनि जितेको थियो । त्यसपछि बंगलादेशले छनोट पार गरेर एएफसी यू–१६ च...
किन लाग्दैन समयमै फोन ?

किन लाग्दैन समयमै फोन ?

समाचार, समाज
काठमाडौँ —चैत १ । एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ । प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । प्रयोगकर्ताको संख्या र मापदण्डअनुसार दूरसञ्चार सेवा प्रदायकले पूर्वाधार विस्तार नगर्दा यो समस्या आएको हो । चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गर...