उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा
सोल —फागुन २६।
अमेरिकी राष्ट्रपतिसँगको दुई साताअघिको वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः रकेट प्रक्षेपणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले राजधानी प्योङयाङ नजिकै रकेट प्रक्षेपणका लागि तीव्र तयारी गरिरहेको भूउपग्रह तस्बिरहरूले प्रस्ट भएको दाबी गरेका छन् ।
बीबीसीका अनुसार उत्तरले यसअघि अधिकांश ब्यालेस्टिक क्षेप्यास्त्र तथा रकेट परीक्षण गरेको केन्द्र सानुमडोङ वरपरका गतिविधिमा निकै बढेको छ । गतसाता उत्तर कोरियाले आफ्नो मुख्य रकेट प्रक्षेपण केन्द्र सोहाईमा पुनर्निर्माण थालेको विवरण प्राप्त भएका थिए ।
सोहाई रकेट प्रक्षेपण केन्द्र ध्वस्त पार्ने कार्य गत वर्ष सुरु भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचकोवार्तामा ठोस सहमति नभएपछि रोकिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाले परमाणु अस्त...









