वासिङ्टन —फागुन २२।
अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारेकि छिन ।
अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोक्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु ।
उनले थपिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई बिभिन्न समयमा समस्यामा पार्ने गरेको छ ।’
(एजेन्सी)