Man U

काठमाडौं—फागुन २३।

च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ ।

राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अवे गोलमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

गएराति फ्रान्समा भएको दोस्रो लिगको खेलमा म्यान्चेस्टर युनाईटेड ३–१ ले विजयी भएको हो । उसका जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कस रास्फोर्डले एक गोल गरे त्यस्तै खेलको ईन्जुरी समयमा रास्फोर्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

पहिलो लिगको खेल २–० ले गुमाएको म्यान्चेस्टर युनाइटेडले गएरातिको जितपछि समग्र परिणाम ३–३ गोलको बराबरीमा पुर्यायो।

३–३ गोलको बराबरीको अवस्थामा अवे गोलको मद्दतले म्यान्चेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो ।

अन्तरिम प्रशिक्षक ओले गुना सोल्सायरको नेतृत्वयमा निकै सुधारिएको खेल प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाइटेडले यो जितसँगै प्रतियोगितामा नयाँ दाबेदारी समेत प्रस्तुत गरेको छ ।

गएराति नै भएको अर्को खेलमा इटालीको एएस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टोले पनि क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

पहिलो लिगमा २–१ को हार ब्यहोरेको पोर्टोले दोस्रो लेगमा ३–१ को जित निकाल्दै समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पार्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here