India and Pakistans flags

काठमाडौं—फागुन २३।

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले अमेरिका, चीन र साउदी अरबलगाएत मुुलुकहरुको कूटनीतिक पहलपछि भारतसँगको तनाव मत्थर भएको बताएका छन् ।

इस्लामावादमा संचारकर्मीहरुसँग कुरा गर्दै विदेशमन्त्री कुरेसीले भारतसँगको तनाव मत्थर भएको र यसलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताए ।

उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओलाई विशेष धन्यवाद दिँदै कूटनीतिक माध्यमबाट स्थिति थप गम्भीर हुन नदिन प्रयास गर्ने चीन, रुस, साउदी अरब, टर्की, जोर्डन र यूएईको पनि प्रसंसा गरे ।

विदेशमन्त्री कुरेसीले स्थिति साम्य भएपछि पाकिस्तानले भारतमा हाई कमिस्नरलाई पठाइने पनि जानकारी दिए ।

उनले करतारपुर करिडोरका विषयमा निर्धारित वार्ता अघि बढाउने निर्णय भएको पनि बताए ।

यसैबीच भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।

भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।

भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै समग्र अवस्था हेर्दा पहिलाको भन्दा धेरै शान्त रहेको र गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको उल्लेख गरेको छ ।

(ईमेज खबर/एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here