आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

‘नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन’— पाकिस्तानी प्र.म. इमरान खान

काठमाडौं—फागुन २१।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति पुरस्कारका लागि योग्य हुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा इमरानले लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ, जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर विवाद अन्त्य गराउनेछ ।’

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्थमानलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान पाकिस्तानमा चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गर्दै करिब ३ लाख मानिसले हस्ताक्षर संकलन गरिसकेका छन् ।

द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उनलाई पुरस्कार दिनुपर्ने भन्दै अभियान चलाएका हुन् । हस्ताक्षर अभियान र दबाबपछि पाकिस्तानका सूचना मन्त्री फावाद चौधरीले इमरानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसद्मा प्रस्ताव पेस गरिसकेका छन् ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *