काठमाडौँ — फागुन २६।
इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ ।
राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् ।
विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ।इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
(कान्तिपुर दैनिक)