आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा दुई वटा भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पाकिस्तानी हवाई क्षेत्रभित्र प्रवेश गरेको दुई भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको हुन् । उनले ट्विट गर्दै एक भारतीय पायलटलाई नियन्त्रणमा समेत लिइएको जनाएका छन् । त्यसैगरी पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन् ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमा भित्रै रहेर बमबारी गरेको हो । तर यो भारतीय आक्रमणको जवाफ भने होइन ।’ (एजेन्सी)...
भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। एक भारतीय लडाकु विमान मिग २१ कश्मीरको बुडगामको गार्डन कलान गाउँमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेको विमानका दुई चालकको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन । भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि यो दुर्घटना भएको हो । बिगत २० दिनभित्र भारतमा पाँच वटा बिमान दुर्घटना भइसकेका छन् ।...
आज ट्रम्प–किम दोस्रो शिखर वार्ता शुरु हुँदै

आज ट्रम्प–किम दोस्रो शिखर वार्ता शुरु हुँदै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच दोस्रो शिखर वार्ता आज हुँदैछ । दोस्रो शिखर वार्ताको लागि अमेरिकी राष्ट्रपति ट्रम्प हिजो साँझ भियतनामको हनोइ पुगेका छन् भने यसअघि उत्तर कोरियाली नेता किम तीन दिनको रेलयात्रापछि हिजो बिहान हनोइ पुगेका थिए । किमका साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् । किम र ट्रम्पबीचको दोस्रो ऐतिहासिक वार्ता दुई दिनसम्म चल्ने बताइएकोछ । गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा आज हुने वार्तामा विस्तृत छलफल हुने बताइएको छ । (एजेन्सी)...
भियतनाममा उत्तर कोरियाली नेता किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाममा उत्तर कोरियाली नेता किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

अन्तराष्ट्रिय, समाचार
काराकस— फागुन १३। उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनी सोमबार भियतनामको सीमावर्ती सहर दोङदाङ पुग्दैछन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेलसेवा बन्द गरिएको छ । किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दैछन् । उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दैछन् । दोङदाङबाट किमलाई सडकमार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राकाक्रममा उक्त सडकखन्ड पूरै बन्द गरिनेछ । किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा...
सीमा क्षेत्रमा हिंसा बढेसंगै भेनेजुएलाले तोड्यो कोलम्बियासँगको कूटनीतिक सम्बन्ध

सीमा क्षेत्रमा हिंसा बढेसंगै भेनेजुएलाले तोड्यो कोलम्बियासँगको कूटनीतिक सम्बन्ध

अन्तराष्ट्रिय, समाचार
काराकस— फागुन १३। सीमा क्षेत्रमा हिंसा बढेपछि भेनेजुएला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । भेनेजुएलाका लागि पश्चिमी मुलुकले पठाएको सहायता सामग्री सीमामा अड्किरहेकै वेला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको हो । रष्ट्रपति निकोलस मदुरोले सहायता सामग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रूपमा बन्द गर्न निर्देशन दिएको दुई दिनपछि कूटनीतिक सम्बन्ध तोडेका हुन् । मदुरोले भने, ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु । भेनेजुएलास्थित कोलम्बियाको राजदूतावासका सबै कर्मचारीले आगामी २४ घन्टाभित्र भेनेजुएलाबाट फर्किऊन् ।’ सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ । गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवा गुएइदोले देशमा खाद्यान्नलगायतक...
भारतका प्रधानमन्त्री मोदीले कसको खुट्टा धोए ?

भारतका प्रधानमन्त्री मोदीले कसको खुट्टा धोए ?

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १३। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा धोएका हुन् । पाँचैजनालाई कुर्सीमा राखेर आफू होचो आसनमा बसेर उनले उनीहरुको खुट्टा पालैपालो धोएका हुन् । कुम्भ मेलामा उनीहरुले निर्वाह गरेको विशेष योगदानलाई मध्यनजर गर्दै मोदीले उनीहरुको खुट्टा धोएका हुन् । भारतका प्रधानमन्त्रीले यसरी सर्वसाधारणको खुट्टा धोएको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमको दावी छ । सफाइकर्मीहरुको खुट्टा धुनु आफ्नो जीवनको अविस्मरणीय पल रहेको मोदीले बताए । ‘उहाँहरुको आशिर्वाद, स्नेह, तपाईहरु सबैको आशिर्वाद, तपाईहरु सबैको स्नेह ममाथि यसैगरी रहिरहोस्,’ मोदीले भने । कतिपयले मोद...
भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । गत महिना औपचारिक रूपमा भारतीय कंग्रेसको राजनीतिमा होमिएकी प्रियंका गान्धी पहिलोपटक सोमबार सार्वजनिक कार्यक्रममा देखा परेकी छिन् । प्रियंकाको स्वागतमा हजारौँ प्रशंसक सडकमा उत्रिएका थिए । आगामी मे महिनामा हुने निर्वाचनमा प्रियंकाले कंग्रेस पार्टीलाई थप ऊर्जा दिने प्रशंसकहरूले विश्वास गरेका छन् । पहिलोपटक लखनउको कार्यक्रममा सहभागी प्रियंका गान्धी आफ्ना दाजु तथा कंग्रेस पार्टीअध्यक्ष राहुल गान्धीसँगै लखनउमा आयोजित कार्यक्रममा सहभागी भइन् । उनलाई समर्थकले ताली बजाएर स्वागत गरेका थिए । दुई साताअघि उनलाई राहुलले पार्टी महासचिवमा नियुक्त गरेका थिए । उनलाई आफ्नै हजुरआमा तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । उत्तर प्रदेशको लखनउमा आयोजित भव्य कार्यक्रममा सहभागीले ‘राहुल गान्धी र प्रियंका गान्धी दीर्घायु रहून्’ भन्ने नारा लगाउँदै अभिवादन गरेका थि...
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले यमनका युद्ध प्रभावितका लागि लगिएको खाद्यान्न कुहिने खतरा

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले यमनका युद्ध प्रभावितका लागि लगिएको खाद्यान्न कुहिने खतरा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे पनि पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन नसकिएकाले कुहिने अवस्थामा पुगेको बताए । डब्लुएफपीले पठाएको खाद्यान्न यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा राखिएको छ । तर त्यो सामग्री सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ । विशेषदूत मार्टिनले युद्ध प्रभावित क्षेत्रका नागरिकलाई खाद्यान्न पुर्‍याउन नसक्नु दुःखद भन्दै चिन्ता व्यक्त गरे । उनले खाद्यान्न सहयोगका ...
दक्षिण कोरियाली पूर्व प्रधानन्यायाधीशमाथि शक्तिको व्यापक दुरुपयोगको आरोप

दक्षिण कोरियाली पूर्व प्रधानन्यायाधीशमाथि शक्तिको व्यापक दुरुपयोगको आरोप

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनी विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ। अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन्। उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन। पूर्वप्रधानन्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ। उनी सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश थिए। दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुन्।...
रुसमा भालुको कारण आपतकाल घोषणा

रुसमा भालुको कारण आपतकाल घोषणा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २७, माघ । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ । उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ । भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन । जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ । संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय ...