शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

भियतनाममा अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखर बैठक हुदै

भियतनाममा अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखर बैठक हुदै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २३, माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् । अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन । राष्ट्रपति ट्रम्पले भने, ‘कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो ।’ राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता...
स्वाइन फ्लुका कारण नयाँ दिल्लीमा एक हजारवढी प्रभावित, ११ जनाको मृत्यु

स्वाइन फ्लुका कारण नयाँ दिल्लीमा एक हजारवढी प्रभावित, ११ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं— २३, माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका संक्रमण बढ्दै गएको छ जसका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । राज्य सरकारको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामध्य ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण स्वाइन फ्लु नै भनेर सार्वजनिक रूपमा प्रचारवाजी नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । दिल्लीमा गत बर्षमात्र स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष भने उक्त सङ्ख्या निकै धेरै देखिएको जनाइएको छ । स्वाइन फ्लुका विरामीको सङ्ख्या जनवरी २९ सम्म ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ...
भेनेजुएला संकट अन्तर्गत गुआइडोलाई ईयू राष्ट्रको समर्थन

भेनेजुएला संकट अन्तर्गत गुआइडोलाई ईयू राष्ट्रको समर्थन

अन्तराष्ट्रिय, समाचार
ब्रसेल्स/काराकस — २२, माघ । बेलायत, फ्रान्स, जर्मनी र अन्य युरोपेली देशले भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेका छन् । ईयू (युरोपेली संघ) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई निर्वाचनको मिति घोषणा गर्न एक साताको समय दिएका थिए । तर उक्त अवधिभित्र मडुरोले चुनाव घोषणा नगरेपछि ईयू राष्ट्रहरूले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिमा स्वीकारगरेका हुन् । राष्ट्रपति मडुरोको पक्षमा उभिएको रुसले ‘युरोपेली देशले अनावश्यक हस्तक्षेप गरेको’ भन्दै समर्थनको विरोध जनाएको छ । उसले उक्त कदम ‘गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास’ भएको दाबी गरेको छ । विपक्षी नेता गुआइडोले गत जनवरी २३ मा एक बृहत् र्‍यालीबीच अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिका, क्यानडा, अस्ट्ेरलिया र केही ल्याटिन अमेरिकी देशले गुआइडोलाई समर्थन जनाएका थिए । उनले राष्ट्रपति ...
मेक्सिकोसँगको सीमा क्षेत्रमा अमेरिकाद्वारा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने

मेक्सिकोसँगको सीमा क्षेत्रमा अमेरिकाद्वारा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने

अन्तराष्ट्रिय, समाचार
वासिंटन— २१, माघ । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ । योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्न राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो । सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्...
मलेसियाका नयाँ राजाद्वारा भव्य समारोहविच राज्यारोहण

मलेसियाका नयाँ राजाद्वारा भव्य समारोहविच राज्यारोहण

अन्तराष्ट्रिय, समाचार
क्वालालम्पुर— १८, माघ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा बिहीबार राजा अब्दुल्लाहले राज्यारोहण गरेका हुन् । समारोहमा उनले नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए । यसअघिका राजाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनोट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । राज्यरोहण समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मद, मुस्लिम धर्मगुरुलगायतको उल्लेख्य सहभागिता थियो । राज्यारोहण समारोहको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । शपथग्रहण अगाडि नयाँ राजा अब्दुल्लाहलाई संसद्मा स्वागत गरिएको थियो । उनलाई मलेसियाको राजसभाले केही दिनअघि संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित गरेको थियो । उनी मलेसियाका ...
साधुसन्तले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको साथ छोड्दै

साधुसन्तले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको साथ छोड्दै

अन्तराष्ट्रिय, समाचार
लखनउ— १७, माघ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् । हालै साधुसन्त सम्मिलित परम धर्म संसदले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध आलोचना प्रस्ताव पारित गरेको छ । प्रयागराजको कुम्भ क्षेत्रमा तीन दिवसीय परम धर्म संसद आयोजना गरिएको थियो, जसले अयोध्यामा राम मन्दिर निर्माणमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाउँदै २१ फेब्रुअरीबाट आफैंले मन्दिर निर्माण सुरु गर्ने घोषणा गरेको छ । वसन्त पञ्चमीका दिनबाट साधुसन्तहरु अयोध्यातर्फ प्रस्थान गर्ने र २१ फेब्रुअरीबाट मन्दिर निर्माणमा जुट्ने घोषणा गरिएको हो । मन्दिर कुन ठाउँमा बनाउने भन्ने प्रष्ट पारिएको छैन । शंकराचार्य स्वरुपानन्द सरस्वतीले राम मन्दिर निर्माणको घोषणा गरेका हुन् । परम धर्म संसदका आयोजक तथा गंगा...
चिसोका कारण अमेरिकामा  ७ जनाको मृत्यु

चिसोका कारण अमेरिकामा ७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— १७, माघ । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ । विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । सिकागोका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि बढी जाडो महसुस गरिएको छ । अमेरिकी मौसम पूर्वानुमान केन्द्रले केही राज्यमा आजबाट पुनः हिमपात हुने प्रक्षेपण गरेको छ । विस्कन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुले...
अन्ना हजारे फेरि अनशन बस्दै

अन्ना हजारे फेरि अनशन बस्दै

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली— १५, माघ । भारतका सामाजिक अभियन्ता अन्ना हजारे फेरि अनशन बस्ने भएका छन् । उनी बुधबार स्थानीय समयानुसार बिहान १० बजे महाराष्ट्रको अहमद नगर जिल्लास्थित आफ्नै गाउँ रालेगण सिद्धिमा अनशन बस्ने भएका हुन् । नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारप्रति असन्तुष्टि जनाउँदै उनले लोकपाल विधेयक बनेको पाँच वर्षसम्म पनि त्यसलाई पूर्णता दिन बेवास्ता गरेकोमा कडा आलोचनासमेत गरे । मंगलबार उनले संचारकर्मीसामु भने, ‘मेरो यो अनशन कुनै व्यक्ति, पक्ष र पार्टीविरुद्ध होइन, समाज र देशको भलाइका लागि बारम्बार आन्दोलन गर्दै आएको छु, यो त्यसकै निरन्तरता हो ।’ सन् २०११/१२ मा अन्ना हजारेकै नेतृत्वमा दिल्लीको रामलीला मैदानमा तत्कालिन सरकारविरुद्ध विशाल आन्दोलन भएको थियो । त्यसबेला अन्ना अनशनमा थिए । त्यतिबेला उनको आन्दोलनमा सामेल कयौं अनुहार अहिले सत्तामा छन् । अन्ना हजारेको आन्दोलनलाई समर्थन गरेर उन...
भारतका सुनील जग्लानले सुरु गरेको ‘सेल्फी विथ डटर अभियान’ विश्वव्यापी बन्दै

भारतका सुनील जग्लानले सुरु गरेको ‘सेल्फी विथ डटर अभियान’ विश्वव्यापी बन्दै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं — १४, माघ । छोरीलाई सम्मान गर्न नसकेको वा नसिकाएका कारण समाजमा महिलामाथि हुने हिंसा सदैव बहसमा रहन्छ । तर एउटा सानो अभियानले पनि महिला हिंसा कम गर्न कति मद्दत गर्छ भन्ने उदाहरण बनेको छ, सेल्फी विथ डटर अभियान । सन् २०१५ मा भारत हरियाणाका सुनील जग्लानले सुरु गरेको यो अभियानलाई भारत सरकारले समेत प्रोत्साहन गर्दै राष्ट्रपति लगायतका विभिन्न व्यक्तिले छोरीसँगको सेल्फी पोष्ट गरेका छन् । सेल्फी विथ डटर अभियानको मुख्य उद्देश्य छोरी भएका परिवारलाई पनि समाजमा गर्व महसुस गराउनु र लैंगिक अनुपातमा सुधार ल्याउनु हो । भारत हरियाणाको जींद जिल्ला बिबिपुर गाउँका तत्कालिन मुखिया सुनिल जग्लानले शुरु गरेको यो अभियानलाई सफल बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै आमाबुबालाई छोरीसँगको सेल्फी सेयर गर्न आह्वान गरेका छन् । सन् २०१२ मा पहिलो सन्तानको रुपमा छोरी जन्मदा जग्लानले नर्सलाई अस्प...
सगरमाथाको फोहोर व्यवस्थापनमा चीनले कानुन बनाउँदै

सगरमाथाको फोहोर व्यवस्थापनमा चीनले कानुन बनाउँदै

अन्तराष्ट्रिय, समाचार
माघ—६,बेइजिङ । सगरमाथा पर्वतारोहणका लागि चीनले बनाउन लागेको नयाँ कानुनी व्यवस्थाका लागि तिब्बतमा सुझाव सङ्कलन गरेको छ । सुझाव सङ्कलन बैठक स्वायत्त प्रदेश तिब्बतको ल्हासामा हालै सम्पन्न भएको छ । विशेष गरी पर्वतारोहणबाट सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्नका लागि चीनले नयाँ कानुनी व्यवस्था लागू गर्ने उद्देश्य बनाएको र त्यही उद्देश्य अनुसार सुझाव सङ्कलन बैठकको आयोजना गरिएको समाचारमा जनाइएको छ। तिब्बत स्वायत्त प्रदेशका खेलकुद ब्युरोका प्रमुख निमाछिरिङले बताए अनुसार, सन् २००६ मा बनेको तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण ऐनमा वातावरण संरक्षणसम्बन्धी थप बुँदा राखिनेछ। चीनले हरेक वर्षको वसन्त ऋतु लागेपछि सगरमाथा आरोहण खुलाउने गर्दछ। नेपालबाट जस्तो असीमित व्यक्तिले उत्तरी मोहडाबाट (तिब्बततिरबाट) सगरमाथा आरोहण गर्न पाउँदैनन्। हरेक वर्ष चीनले ३ सय व्यक्तिलाई मात्र सगरमाथाको आरोहण गर्...