काठमाडौं— फागुन १५।
भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा दुई वटा भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पाकिस्तानी हवाई क्षेत्रभित्र प्रवेश गरेको दुई भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको हुन् ।
उनले ट्विट गर्दै एक भारतीय पायलटलाई नियन्त्रणमा समेत लिइएको जनाएका छन् ।
त्यसैगरी पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन् ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमा भित्रै रहेर बमबारी गरेको हो । तर यो भारतीय आक्रमणको जवाफ भने होइन ।’
(एजेन्सी)