डोनल्ड ट्रम्प र किम जोङ

काठमाडौं— फागुन १५।

उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच दोस्रो शिखर वार्ता आज हुँदैछ ।

दोस्रो शिखर वार्ताको लागि अमेरिकी राष्ट्रपति ट्रम्प हिजो साँझ भियतनामको हनोइ पुगेका छन् भने यसअघि उत्तर कोरियाली नेता किम तीन दिनको रेलयात्रापछि हिजो बिहान हनोइ पुगेका थिए । किमका साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।

किम र ट्रम्पबीचको दोस्रो ऐतिहासिक वार्ता दुई दिनसम्म चल्ने बताइएकोछ ।

गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा आज हुने वार्तामा विस्तृत छलफल हुने बताइएको छ ।

(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here