Nepali women cricket team

काठमाडौं— फागुन १५।

आइसीसी विश्वकप ट्वेन्टी–२० महिला क्रिकेटअन्तर्गत् एसिया क्षेत्र छनोटबाट अघिल्लो चरणमा पुग्ने नेपालको झिनो आशा बाँकी रहेको छ ।

थाइल्यान्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अर्को चरणमा पुग्ने भएकाले तेस्रो स्थानमा रहेको नेपालको सम्भावना अंकगणितीय हिसाबले जीवितै रहेको हो ।

बुधबार नेपालले पुछारको कुवेतसित खेल्दैछ ।

उपाधि विजेतामात्र अर्को चरणमा पुग्ने भएकाले तेस्रो स्थानको नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरेरमात्र पुग्ने छैन, अर्को खेलमा युएईले शीर्ष स्थानको थाइल्यान्डलाई झिनो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

७ टिम सहभागी प्रतियोगताका यसअघिका पाँचओटै खेल जितेर थाइल्यान्ड १० अंकबाट ३.४५ को रनरेटसहित शीर्ष स्थानमा छ ।

एक/एक खेल हारेका युएई र नेपाल ८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । युएईको १.८४ र नेपालको ०.३४ रनरेट रहेको छ ।

यो समीकरणले नेपालको उपाधि जित्ने सम्भावना केवल अंकगणितीय हिसाबलेमात्र बाँकी रहेको देखिन्छ ।

बुधबारको खेल नेपालका लागि मिहिनेत त छँदैछ, भाग्यलेसमेत साथ दिनुपर्ने निश्चित छ ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here