आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

उत्तर कोरिया पुनः रकेट प्रक्षेपणको तयारीमा

अन्तराष्ट्रिय, समाचार
सोल —फागुन २६। अमेरिकी राष्ट्रपतिसँगको दुई साताअघिको वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः रकेट प्रक्षेपणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले राजधानी प्योङयाङ नजिकै रकेट प्रक्षेपणका लागि तीव्र तयारी गरिरहेको भूउपग्रह तस्बिरहरूले प्रस्ट भएको दाबी गरेका छन् । बीबीसीका अनुसार उत्तरले यसअघि अधिकांश ब्यालेस्टिक क्षेप्यास्त्र तथा रकेट परीक्षण गरेको केन्द्र सानुमडोङ वरपरका गतिविधिमा निकै बढेको छ । गतसाता उत्तर कोरियाले आफ्नो मुख्य रकेट प्रक्षेपण केन्द्र सोहाईमा पुनर्निर्माण थालेको विवरण प्राप्त भएका थिए । सोहाई रकेट प्रक्षेपण केन्द्र ध्वस्त पार्ने कार्य गत वर्ष सुरु भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचकोवार्तामा ठोस सहमति नभएपछि रोकिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाले परमाणु अस्त...
नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

नैरोबी जाने क्रममा इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — फागुन २६। इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ।इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। (कान्तिपुर दैनिक)...
भारत र पाकिस्तानविचको  तनाव मत्थर

भारत र पाकिस्तानविचको तनाव मत्थर

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २३। पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले अमेरिका, चीन र साउदी अरबलगाएत मुुलुकहरुको कूटनीतिक पहलपछि भारतसँगको तनाव मत्थर भएको बताएका छन् । इस्लामावादमा संचारकर्मीहरुसँग कुरा गर्दै विदेशमन्त्री कुरेसीले भारतसँगको तनाव मत्थर भएको र यसलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताए । उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओलाई विशेष धन्यवाद दिँदै कूटनीतिक माध्यमबाट स्थिति थप गम्भीर हुन नदिन प्रयास गर्ने चीन, रुस, साउदी अरब, टर्की, जोर्डन र यूएईको पनि प्रसंसा गरे । विदेशमन्त्री कुरेसीले स्थिति साम्य भएपछि पाकिस्तानले भारतमा हाई कमिस्नरलाई पठाइने पनि जानकारी दिए । उनले करतारपुर करिडोरका विषयमा निर्धारित वार्ता अघि बढाउने निर्णय भएको पनि बताए । यसैबीच भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकार...
अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन २२। अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारेकि छिन  । अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोक्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु  । उनले थपिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई बिभिन्न समयमा समस्यामा पार्ने गरेको छ ।’ (एजेन्सी)...
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भने, ‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु’

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भने, ‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु’

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २२। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए । विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् । आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए । उनले त्यतातिर आफूहरुले ध्यान नदिने पनि बताए । सेनाका अधिकारीसहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाइ थियो । अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गर...
‘नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन’— पाकिस्तानी प्र.म. इमरान खान

‘नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन’— पाकिस्तानी प्र.म. इमरान खान

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २१। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति पुरस्कारका लागि योग्य हुने उनको भनाइ छ । सामाजिक सञ्जालमा इमरानले लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ, जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर विवाद अन्त्य गराउनेछ ।’ भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्थमानलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान पाकिस्तानमा चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गर्दै करिब ३ लाख मानिसले हस्ताक्षर संकलन गरिसकेका छन् । द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका ...
भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानसँगको द्वन्द्वलाई यसरी चुनावी मुद्दा बनाउँदै

भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानसँगको द्वन्द्वलाई यसरी चुनावी मुद्दा बनाउँदै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं—फागुन २१। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न लोकसभा निर्वाचनमा पाकिस्तानसँगको द्वन्द्वलाई प्रमुख मुद्दा बनाउने तयारीमा जुटेका छन् । उनले आतंकवादविरुद्धको कारवाहीका नाममा पाकिस्तान अधिनस्थ कश्मीरको बालाकोटमा गरेको कथित हवाइ हमलालाई पछिल्लो समय चुनावी अस्त्रका रुपमा विकसित गर्ने रणनीति बनाइरहेका छन् । विपक्षी दलहरु एकजुट हुँदै गएको र सहयोगी घटकहरुसमेत असन्तुष्ट बन्दै गएको अवस्थामा मोदीका लागि चुनावी मुद्दा खोज्न निकै कठिन मानिएको थियो । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा ठूलो संख्यामा सैनिक मारिएपछि मोदीले सोही हमलाको प्रतिक्रियास्वरुप बालाकोटमा गरिएको हवाइ हमलालाई चुनाव प्रचारको प्रमुख मुद्दाका रुपमा अघि सारे । लगत्तै पाकिस्तानी वायुसेनाले भारतीय वायुसेनाको विमान खसालिदिएपछि भने मोदीको लोकप्रियतामा धक्का लागेको थियो । सुरुमा भारत सरकार र भारतीय ...
अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन १९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमतिमा हस्ताक्षर हुन लागेको बताएका छन् । राष्ट्रपतिले दुवै पक्षबीच लगभग सहमति भइसकेको हस्ताक्षर हुन मात्र बाँकी रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ ही (बायाँ) बीच गतसाता वासिङ्टनस्थित ह्वाइटहाउसमा भएको भेटवार्ता । उनले भने, ‘हामी निकै नै नजिक पुगिसकेका छौं ।’ सहमति हुने भएपछि अमेरिकाले चिनियाँ वस्तुमा लगाएको नयाँ कर कार्यान्वयनमा ल्याएको छैन । अमेरिकाले मार्च एकदेखि लागू हुने गरी चिनियाँ वस्तुमा १० देखि २५ प्रतिशतसम्म कर घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले करिब २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर घोषणा गरेको हो । ट्रम्पले तर दुई देशबीच हुने सहमतिमा हस्ताक्षरका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्लोरिडास्थि...
पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली— फागुन १६। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय वायुसेनाको कारवाहीमाथि आशंका प्रकट गर्दै प्रमाण देखाउन चुनौती दिएकी हुन् । मुख्यमन्त्री ममताका अनुसार पाकिस्तानी भूमिमा गरिएको भनिएको सैन्य कारवाहीबारे अनेक आशंका देखिएका छन् । कथित कारवाहीपछि प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक नबोलाउनु, कुनै प्रकारको विश्वासिलो आधार र प्रमाण नदेखिनु जस्ता विषयले आशंका बढाएको उनको तर्क छ । उनले भारतीय मिडियाको एउटा वर्गले युद्धको माहौल तयार पारिरहेको आरोपसमेत लगाइन् । केन्द्र सरकारले मिडियामाथि नियन्त्रण बढाएर एकतर्फी रुपमा उत्तेजित समाचार प्र...
एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवद्र्धन वर्षलाई सफल बनाउन उनकै अध्यक्षतामा दुई सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको बताए । मूल समारोह समितिले ८० भन्दाबढि देशमा रहेका संजाल प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ । भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजना रहेको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेश...