विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी १० वर्षपछि पक्राउ
माघ—४, काठमाडौं ।
सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ
दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् ।
सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
२०६५ चैत १५ गते गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुर आफन्तलाई भेट्न गएकी खनाल नेपाल बन्दका कारण हिड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई रातभर बलात्कार गरेका थिए ।
अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलारुपमा हिडिर...









