माघ—४, काठमाडौं ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीलाई बिहीबार राति काठमाडौं ल्याइएको छ ।
धरानबाट गएको विशेष चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएको भन्दै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लैजान सुझाएका थिे ।
त्यसलगत्तै काठमाडौंबाट उनको स्वास्थ्य अवस्था बुझ्न ईलाम पुगेका त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुंगानालगायतको टोलीले उनलाई राजधानी ल्याउन पहल थालिएको थियो ।
प्रा.डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको जनाईएको छ । डा. केसी ९ दिनदेखि इलाममा सत्याग्रहमा थिए ।
हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला खतरनाक दुर्घटना हुन सक्ने भन्दै तत्काल उनलाई काठमाडौं लैजान सुझाव दिएका थिए ।