काठमाडौँ, माघ— ३
चोभारस्थित सुक्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
बिहीबार चोभारमा आयोजित बन्दरगाहको शिलान्यास कार्यक्रममा उनले बन्दरगाहले नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्जाललाई जोड्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने भन्दै दक्षिण र उत्तरबाट आउने रेलले ल्याउने सामानको भन्डारणकक्षका रुपमा उक्त बन्दरगाह उपयोग हुने बताए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले केही वर्षभित्र विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाउने जिकिर समेत गरे ।
सरकारले चोभारमा सुख्खा बन्दरगाह बनाउने भन्दै शिलान्यास गरेतापनि स्थानीय बासिन्दाले भने बन्दरगाह निर्माणको विरोध गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका स्थानीयवासीहरुले प्राकृतिक सौन्दर्य बिग्रिने तथा धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भन्दै त्यसको विरोध गरेका हुन् ।