weather of nepal

काठमाडौँ, माघ— ३

काठमाडौं उपत्यकासहित देशभरको मौसम बिहीबार बदली भएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

अबको एक/दुई दिन देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नरहेको उनले बताइन् ।

उपत्यकाको आजको न्यूनतम् तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम् तापक्रम २.९ डिग्री सेल्सियस थियो ।

राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम् तापक्रम नघटेको मौसामविद् कँडेलले बताइन् ।

उनकाअनुसार राति आकाश खुला भए तापक्रम घट्नेछ ।

‘माघ महिना भर्खर सुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ’–उनले भनिन् ।

देशको मध्य तथा पश्चिमी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

राति देशभरि नै बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको छ ।

साथै, उच्च हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here