इलाम, माघ १ ।

चिकित्सा शिक्षा विधेयक सम्वन्धी आफुसंग गरेको सहमती कार्यान्वयन गर्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीका मागको विरुद्धमा अनशनमा बसेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएको छ ।

संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका माग राख्दै इलामको चोकबजारमा अनशनरत थापाको स्वास्थ्यमा समस्या देखिएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डाक्टरको सल्लाह अनुरुप थापालाई मंगलबार इलाम अस्पतालमा भर्ना गरिएको छ ।

थापा गत पुस २७ गते देखि अनशनमा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here