बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

सुनसरीको दुहबीमा गोली चल्दा एकजनाको मृत्यु ।

सुनसरीको दुहबीमा गोली चल्दा एकजनाको मृत्यु ।

अपराध, समाचार, समाज
सुनसरी– सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिकै आज एक जनाको गोली हानी हत्या भएको छ । दुहवीकै स्थानिय वासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । जय बाबा इँटाभट्टाका सुपरभाइजर समेत रहेका हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गरेको अवस्थामा हुसेनमाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट तीन गोलीको खोका समेत बरामद गरिएको छ । अहिले हुसेनका समर्थकले हत्याराको पहिचान गरी कार्वाही गर्न माग राक्खि दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक...
१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

समाचार, समाज
हेटौंडा– १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।...
उर्लाबारीमा आगलागी हुँदा एक करोड ११ लाख बराबरको क्षति

उर्लाबारीमा आगलागी हुँदा एक करोड ११ लाख बराबरको क्षति

Featured, समाचार, समाज
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताए । आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उनको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा क...

प्लान इन्टरनेशलबाट हटाइएका कर्मचारीहरुको धर्ना

समाचार, समाज
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका करीव ७६ जना कर्मचारीहरु धर्नामा बसेका छन्।अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाही बाट हटाइएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारीहरुले बताए। बिना जानकारी आफुहरुलाई छापामार शैलीमा हटाइनु अपमानजक र अमानवीय निर्णय भएको र यसले नेपालको श्रम कानुनकै धज्जी उडाएको उनिहरुको भनाइ छ। अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाहीबाट हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसिरहेका छन्। आफ्नो माग पूरा नभएसम्म कार्यालय समयमा धर्ना दिइरहने धर्नामा बसेको कर्मचारीहरुले बताए। प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरूलाई गत २४ अक्टोबरका दिन स्काइप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको एकतर्फी घोषणा गरेका थिए। हटाइएका कर...
पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

समाचार, समाज
विगत लामो समयदेखि विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म नयाँ टेन्डर हाल्न रोक लगाएको हो। बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु लाई कालोसूचीमा राख्न यस अघिनै कात्तिक २६ गते पत्र पठाएको थियो। 'पत्रसाथ त्यसमा संलग्न कागजातहरू अध्ययन गर्दा उक्त निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले' पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। देशभरि विभिन्न स्थानमा आयोजनाको ठेक्का हात पार...
धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद

धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद

Featured, समाचार, समाज
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले टोखा–६ धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । वृतका प्रहरी नायब उपरिक्षक (डिएसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा २ हजार लिटर तयारी अवैध मदिरा बरामद गरेको हो । डिएसपी प्रसाईंका अनुसार घरेलु मदिरासहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, प्लाष्टिकका भाँडाकुँडा र अन्य सामाग्री समेत बरामद गरिएका छन् । यस्तै मदिरा बनाउन प्रयोग गरिने कोदोको कच्चा पदार्थ ३५ बोरा, ३६ वटा प्लाष्टिकको बाल्टीमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ, ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर बरामद गरिएको हो । घरेलु अवैध मदिराबाट समाजमा झै–झगडा भै अपराधिक क्रियाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो । बर...