sunasasri district

सुनसरी– सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिकै आज एक जनाको गोली हानी हत्या भएको छ ।

दुहवीकै स्थानिय वासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

जय बाबा इँटाभट्टाका सुपरभाइजर समेत रहेका हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गरेको अवस्थामा हुसेनमाथि गोली प्रहार भएको थियो ।

घटनास्थलबाट तीन गोलीको खोका समेत बरामद गरिएको छ ।

अहिले हुसेनका समर्थकले हत्याराको पहिचान गरी कार्वाही गर्न माग राक्खि दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।

केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here