आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

सुपर प्लस साईज मोडेल नेपाल सिजन-२ को पहिलो अडिसन मंसिर २२ गत्ते हुदै ।

काठमाडौं,
मङ्सिर ५ ।

सौन्दर्य प्रतियोगिता सुपर प्लस साईज मोडेल नेपाल हुँने भएको छ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने संस्था मोडेल सङ्स नेपाल सुपर प्लस साईज मोडेल नेपाल २०१९ सौन्दर्य प्रतिस्प्रधाको आयोजना गर्ने भएको हो ।

मोडेल सङ्स नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन ।

यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको मोडेल सङ्स नेपाल प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ ।

प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

अडिसन बिबरण:
✓ मिति:- २०७५ मङ्सिर्, २२ गत्ते
✓ समय:- दिउसो १:०० बजे देखि
✓ स्थान :- रोयल एलिनाज बेकरी , न्यु बानेश्वोर
अडिसन बिबरण:
बिजेताले तल उल्लेखित सम्मान तथा पुरस्कार प्राप्त गर्नेछन :-
>नगद पुरस्कार (१)विजेता :- रु।५००००- (२) प्रथम विजेता :- रु।३००००- (३) दोश्रो विजेता :- रु।२००००-
बिजेताले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछन।
प्रथम बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज ,२०१९ मा सहभागिता जनाउन पाउनेछन।
मोडल सङ्ग्स नेपालको ब्राण्ड एम्बासडर को रुपमा कार्य गर्ने अवसर प्रदान गरिने।।
अनलाइन पत्रीका तथा अनलाईन म्यागाजिनमा मोडलिङ कन्ट्र्याक्ट ।
हरेक प्रतिस्पर्धिको निम्ति छुट्टाछुट्टै भिडियो प्रोफाइल बनाई बिन्ना म्यागाजिनमा प्रस्तुत गरिने।

अडिसन पोशाक
‘मिस’ तर्फको प्रतिस्पर्धीहरुको लागि :
-सेतो टि सर्ट र लामो पेन्ट्स
-हील्स कम्तिमा २ इन्चसम्मको

‘मिसेज’ तर्फको प्रतिस्पर्धीहरुको लागि:
-ब्ल्याक टि-शर्ट र लामो पेन्ट्स कुर्था सुरुवाल

-हील्स कम्तिमा २ इन्च

मोडेल सङ्ग्स नेपाल प्रा ली।
सी.ई.ओ. डेभिल सिंह राजपुत ,९८४४२७१८७२,

Leave a Reply

Your email address will not be published. Required fields are marked *