आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

समाचार, समाज
माघ-७, यूएई । यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् । ‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने । रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै थिएनन् । बोली लरबरिएको थियो । राम्रै कम्पनी थियो । काम र कमाई पनि लोभ लाग्दै थियो । रक्सी पिएर गाडी कुदाउनु उनको लागि सामान्य हो । ‘डराउनु भो ? केही हुँदैन आउनुस्, मैले कस्तो कस्तो हुँदा त गाडी कुदाएको छु । आज त कहाँ मातेको छु र?’ गाडीमा बस्न मलाई जोड गरिरहे । रातको झन्डै एक बजेको थियो । धेरैबेरसम्म कर गरिरहे । मैले उनीसँग यात्रा गर्न मानिन् । कहिल्यै रक्सी नपिउने रेसम लामाको गाडीमा बसेर कोठा आएँ । त्यतिखेर म जवअल जसै पहाड पुगेको थिएँ । यूएईक...
त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो

समाचार, समाज
माघ-७, रत्ननगर चितवनबाट नुवाकोट जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जनाएका छन । बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले बताएको छ।...
कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

समाचार, समाज
माघ-७, काठमाडौं । कलाकार गणेश मुनालको सोमबार निधन भएको छ। मुनालको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएका छन। विगत केहि समयदेखि उनी दमको समस्याबाट पीडित थिए। केही टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरीने जनाइएको छ। उनले सेतो बाघ, प्रेमयुद्ध, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन भने प्रदर्शनमा आउन लागेको चलचित्र गोपीमा समेत उनको अभिनय रहेको छ।...
प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
माघ-७, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ। सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय भएको छ। मध्यान्ह १२ बजे सुरू हुने बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ। उपसमिति र समितिमा विधेयकमाथि फरक मत राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्न सक्ने भएकाले बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो। समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौताविपरितका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्। अनसन...
पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुने श्री स्वस्थानी व्रत आजदेखि शुरु हुँदै

पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुने श्री स्वस्थानी व्रत आजदेखि शुरु हुँदै

समाचार, समाज
माघ-७, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८/१०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामन...
ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बस मन्थलीमा दुर्घटना,एकको मृत्यु २५ घाइते

ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बस मन्थलीमा दुर्घटना,एकको मृत्यु २५ घाइते

समाचार, समाज
माघ—६, रामेछाप । ओखलढुंगाको घोराखोरीबाट काठमाडौंतर्फ जाँदै गरेको बस रामेछापको मन्थली–१ स्थित मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । ओरालाेमा गुडिरहेकाे बस अकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको प्रत्यक्षदर्शीले बताए । ब्रेक फेल भएकाले चालकले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई तामाकोशी सहकारी अस्पतालमा उपचारको निम्ति लगिएकाे छ भने केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जनाएका छन । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

अपराध, समाचार, समाज
माघ—६, कैलाली । कैलालीको जानकी गाउँपालिका–७ स्थित गोलौरीमा प्रेमलाल चौधरीले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आज बिहान ३५ वर्षिय प्रेमलालले ३२ वर्षिया श्रीमती रमा चौधरीकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जनाएका छन । घरको बार्दलीमा पासो लगाई झुण्डिएर छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका लागि अस्पतालसम्म पुर्‍याए पनि अस्पतालले प्रेमलाललाई मृत घोषणा गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका कैदीको मृत्यु

जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका कैदीको मृत्यु

समाचार, समाज
माघ—६, चितवन। जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानएका छन । विकलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन पुर्याइएको थियो । एघार वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतको आदेश सहित विकलाई वि.सं २०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।...
डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयको रगत संकलन गरेपछि छिमेकी रिसाए— निर्मला पन्तकी आमा

डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयको रगत संकलन गरेपछि छिमेकी रिसाए— निर्मला पन्तकी आमा

अपराध, समाचार, समाज
माघ—६, कञ्चनपुर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरीले डीएनए परीक्षणका लागि स्थानीयको रगत संकलन गर्न थालेपछि छिमेकी रुष्ट बनेका छन् । प्रहरीले रगत संकलन गर्न थालेसँगै निर्मलाका परिवारसँग छिमेकीको सम्बन्ध चिसिँदै गएको हो । घटनाको सुरुवातदेखि नै सहयोग गर्दै आएकामाथि नै शंका गर्दै प्रहरीले डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि निर्मलाकी आमासँग छिमेकी रुष्ट भएका हुन् । आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगत संकलन गरेको छिमेकीको आरोप छ । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै न...
मर्यादाक्रमप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

मर्यादाक्रमप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

समाचार, समाज
माघ—४, काठमाडौं । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको शुक्रबार बसेको पूर्णबैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न/गराउन आग्रह गर्ने निर्णय गरेको छ । आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमानमात्र हुने नभइ समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने ठहर गरेको छ । मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानुनलाई आधार मान्नुपर्ने जनाइएको ...