आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका कैदीको मृत्यु

माघ—६, चितवन।

जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानएका छन ।

विकलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन पुर्याइएको थियो ।

एघार वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतको आदेश सहित विकलाई वि.सं २०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *