माघ—६, कैलाली ।

कैलालीको जानकी गाउँपालिका–७ स्थित गोलौरीमा प्रेमलाल चौधरीले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

आज बिहान ३५ वर्षिय प्रेमलालले ३२ वर्षिया श्रीमती रमा चौधरीकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जनाएका छन ।

घरको बार्दलीमा पासो लगाई झुण्डिएर छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका लागि अस्पतालसम्म पुर्‍याए पनि अस्पतालले प्रेमलाललाई मृत घोषणा गरेको थियो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here