आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बस मन्थलीमा दुर्घटना,एकको मृत्यु २५ घाइते

माघ—६, रामेछाप ।

ओखलढुंगाको घोराखोरीबाट काठमाडौंतर्फ जाँदै गरेको बस रामेछापको मन्थली–१ स्थित मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

ओरालाेमा गुडिरहेकाे बस अकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको प्रत्यक्षदर्शीले बताए । ब्रेक फेल भएकाले चालकले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई तामाकोशी सहकारी अस्पतालमा उपचारको निम्ति लगिएकाे छ भने केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जनाएका छन । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *