पर्वत, माघ- ३
पर्वतको कुश्मा नगरपालिकाको मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाईते भएका छन् ।

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रुवाहक बस तीब्र गतिका कारण बागलुङको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका ४ जना भएपनि उनीहरुको अहिले सम्म सनाखत भने हुन सकेको छैन ।

दुर्घटनामा घाईते सवैलाई उपचारका लागि बागलुङ जिल्ला अस्पताल भर्ना गरिएको छ भने गम्भीर घाईते केहीलाई पोखरा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here