काठमाडौँ, माघ— ३

अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक गरिएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ ।

पक्राउ पर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

दुईओटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङकङ पठाउनेक्रममा बुधबार सोे चरेस फेलापरेको हो ।

‘प्याकेट जोख्दा अस्वाभाविक तौल फेलापरेपछि कर्मचारीले खबर गर्नुभयो । तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेलापर्‍यो’–जोशीले रासससँग भने ।

मेसिनले पेलेर पातलो बनाइ कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४८ प्याकेट अगरबत्तीसमेत फेलापरेको प्रहरीले जनाएको छ ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here