माघ—४, दोलखा ।
आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा ३२ जना घाईते भएका छन् ।
स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोटतर्फ जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।
चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ बस दुर्घटना भएको हो ।
१६ जनालाई भने उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी मालु पठाइएको थियो ।
उनीहरुलाई थप उपचारका लागि चरिकोट ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
