शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाज

पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा खसेर एक जना बेपत्ता

पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा खसेर एक जना बेपत्ता

समाचार, समाज
पोखरा, मंसिर-२४ । पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी पोखरा घुम्न आएका थिए । सेल्फी खिच्नकै लागि भनेर उनले लाइफ ज्याकेट समेत फुकालेका थिए । अहिले प्रहरीको रेस्क्यु टिमले उनको खोजि गरिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जनाएका छन ।...
कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

कञ्चनपुरमा एक बालकको कानबाट रगत बगिरहेको अवस्थामा शव भेटियो

अपराध, समाज
कञ्चनपुर, मंसिर-२४ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीबासी खड्ग बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेका हुन। बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जनाए । विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको अवस्थामा शव फेला परेको छ, उनले भने, “शव शङ्कास्पद अवस्थामा फेला परेकाले थप अनुसन्धानको कार्य भइरहेको छ ।” बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको हो भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।रासस...
राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

राजधानीका ७ वटा क्यासिनोमा प्रहरीले एकसाथ छापा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । राजधानीका ७ वटा क्यासिनोमा नेपाल प्रहरीले गएराति एकसाथ छापा मारेको छ । क्यासिनोमा नेपाली नागरीकले प्रवेश गरेको आशंकामा छापा मारिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जनाए । छापा मारेपनि नेपाली नागरीक भने नभेटिएको उनले जनाए । उनका अनुसार नेपाली अनुहारका १६ जना समातिएका भए पनि अध्ययन गर्दा उनीहरु भारतीय भएको बोगटीले जनाए । प्रहरीले काठमाडौं हायात, याक एण्ड यति, मल्ल, सांग्रिला, सोल्टी लगायतका होटलमा छापा मारेको थियो । क्यासिनोमा नेपाली प्रवेश गरेको आशंकामा छापा मारिएको प्रहरीले बताएको छ ।...
अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर-२४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्रै एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ अस्पताल परिसर भित्र झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी बिभाग रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जनाए । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । रासस...
सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

सुनसरीको मुसहर वस्तीमा प्रहरी र डकैत बीच झडप, एक जनाको मृत्यु

अपराध, समाचार, समाज
सुनसरी, मंसिर-२४ । सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती/ लुटपाट गर्न आएको भारतीय समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । गएराति ५ जनाको समूहमा आएका लुटेराहरुले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो । झडपकै क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा परी डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको पहिचान भने खुलेको छैन । समूहका अन्य लुटेरा भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये अन्य केहीलाई समेत गोली लागेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली बारामत भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
‘स्‍मृतिमा कमला न्यौपाने’ कृति लोकार्पण

‘स्‍मृतिमा कमला न्यौपाने’ कृति लोकार्पण

समाचार, समाज
ललितपुर,  मङ्सिर- शनिबार गोर्खा सर्जक समाजद्वारा प्रकाशित ‘स्‍मृतिमा कमला न्यौपाने’ कृतिको लोकार्पण गरिएको छ । स्वर्गिय कमला न्यौपानेको वार्षिक पुण्य तिथीको दोस्रो दिन झम्शीखेल स्थित न्यौपाने निवासमा आयोजित एक कार्यक्रम माझ उक्त कृतिको लोकार्पण स्व. कमलाका श्रीमान साहित्यकार तुलसीप्रसाद न्यौपाने, साबित्री थापा र सुस्मिता अधिकारीले संयुक्त रुपमा गरे । पुस्तक लोकार्पण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नी बियोगको पिडालाई शब्दमा उतार्न जति कठिन भयो-त्यो भन्दा अझ बढता रिक्तताको पिडा जीवन भोगाइमा आफूले महशूस गरेको बताए । कार्यक्रममा गोर्खा सर्जक समाजका तर्फबाट बोल्दै प्राध्यापक डा. सिताराम अधिकारीले स्‍मृतिमा कमला न्यौपाने कृति पारिवारिक स्नेहको स्‍मृति पुण्ज रहेको अौल्याउदै उक्त कृतिले नेपाली वाङमय क्षेत्रमा नयाँ आयाम ल्याउन सक्ने पनि बताए । कार्यक्...
सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । कुखुरा चोरेको आरोपमा साउन ९ गते पुलिसले लगेको थियो, १० गते म जमानी बसेर छुटाएर ल्याएकी हुँ, त्यही दिन निर्मला हत्याको घटना घटेछ, मेरो छोरो घरमै थियो चार–पाँच दिनअघिको कुरा हो । बिहान राम्ररी घाम पनि झुल्केको थिएन  । मेरो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै उठाएर लगे । दिनभर केरकार गरेर बेलुका मात्र छाडिदिए । अर्को दिन फेरि पक्रेर लगेछन , फेरी दिनभरी नै केरकार गरेर छाडिदिए । यसरी छोरो (विशाल) लाई कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए । हामी त ज्यालादारीमा काम गर्ने मान्छे, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका मात्र के थियौँ, छोरालाई फेरि समातेको खबर पायौ, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरूले सुनाए । छुटाउन भनेर गयौँ । तर, उसलाई भित्र राखिएको रहेछ , तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई...
हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा रिहा भएकि छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा रिहा भएकिन महानगरीय अपराध महाशाखाका स्रोतले जनाएको छ । काठमाडौं गौरिघाटको दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा संलग्न रहि मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा अघि बधाएको थियो । निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम खोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो । मायाकै सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, र...
न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै निर्मलाको पोस्टर टाँसियो

न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै निर्मलाको पोस्टर टाँसियो

अपराध, समाचार, समाज
कैलाली, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका "निर्मलाको निम्ति न्याय" को माग राख्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ । बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा बालिका निर्मलाको तस्वीर अंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकार विरुद्ध नाराबाजी समेत गरिएको थियो । काठमाडौंबाट सुरु गरिएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाएकि थिईन । नेत्री यमीले घटना घटेको धेरै दिन बितिसक्दा पनि न्याय नपाउँदा राज्यमा सरकार भएको अनुभूति नै हराउन थालेको बताइन् । सरकारले पीडितलाई न्याय दिनुको साटो विभिन...
पशुपति परिसरमा निर्मलाको सम्झनामा छरियो शतबीज

पशुपति परिसरमा निर्मलाको सम्झनामा छरियो शतबीज

अपराध, समाचार, समाज
काठमाडौं,मंसिर-२०। निर्मला हत्या प्रकरणमा नया रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका आज पशुपति क्षेत्रमा ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशीको दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् । निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर अनि ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियान्ताहरुले जनाए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना पूरा पुग्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना बढ्दै गएको छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै देशव्यापी रुपमा "निर्मलाका निम्ती न्याय" अभियान नै सन्चालन भई रहेको छ । आजको दिन दिवङ्गत पितृको सद्गतिको...