Fewa tal at Pokhara

पोखरा, मंसिर-२४ ।

पोखराको फेवातालमा सेल्फी खिच्ने क्रममा खसेर एक जना बेपत्ता भएका छन ।

पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् ।

दिदी रोशनीसँग उनी पोखरा घुम्न आएका थिए । सेल्फी खिच्नकै लागि भनेर उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

अहिले प्रहरीको रेस्क्यु टिमले उनको खोजि गरिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here