आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

कन्चनपुरमा चाउमिन खाँदा बिरामी भएका एकै घरका दुई बालकको मृत्यु

कन्चनपुरमा चाउमिन खाँदा बिरामी भएका एकै घरका दुई बालकको मृत्यु

अपराध, समाचार, समाज
कन्चनपुर । कृष्णपुर नगरपालिका–३ देखतभूलीका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुर सुनारको मुत्यु भएको हो । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन खएर जाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि उनिहरुलाइ भर्ना गरिएको थियो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा आज बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।” ...
नयाँ ट्रेन्ड : चालीस कटेपछि नेपाली महिलाहरूको ब्वाइफ्रेन्ड !

नयाँ ट्रेन्ड : चालीस कटेपछि नेपाली महिलाहरूको ब्वाइफ्रेन्ड !

समाचार, समाज
अनुराग र स्मृतिको उमेरको फरक झन्डै ८ बर्ष छ । स्मृति ४१ कि भइन्, अनुराग ३३ का । यो जोडी (दुवैको नाम परिवर्तन) बिहे गरी जापानको टोकियो सहरमा बसेका छन् । स्मृति जापान बसेको १३ बर्ष भयो, अनुराग पुगेको बल्ल २ बर्ष । स्मृतिले नै अनुरागसँग बिहेको प्रस्ताव गरिन् र जापान बोलाइन् । २ बर्ष त उनीहरूको प्रेम नै चलेको थियो । नेपाल आएका बेला अनुुरागसँग स्मृति रमाउने गर्थिन् । स्मृतिको एक सन्तान छन् । नेपालमा कम पारिश्रमिकमा सामान्य कम्पनीमा काम गरेका अनुरागले पनि धेरै सोचविचार गरेर स्मृतिसँग प्रेम र बिहे गर्ने निर्णय गरेका थिए । जोडी खुसी छ, सुखी छ । बेलामौका फेसबुकलगायतका सामाजिक सञ्जालमा यो जोडीको ‘प्रेमालिंगन’मा बाँधिएको तस्बिर पनि सार्वजनिक हुन्छ । अनुराग भन्छन्,‘एक बारको जुनीमा जीवन बिताउनु हो, अहिले खुसी छु । नेपाल फर्किएँ भने राम्रो व्यावसाय खोल्ने आर्थिक हैसियत बनेको छ ।’ विदेशमा मनग्य आम्...
स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना

स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना

समाचार, समाज
ललितपुर, २९ मङ्सिर – नेपाल हार्ट फ़ाउण्डेशनले स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षयकोष स्थापनामा आएको हो । नेपाल हार्ट फ़ाउण्डेशनको एक लाख सहयोग र स्वर्गिय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षयकोष स्थापना भएको हो । अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फ़ाउण्डेशन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फ़ाउण्डेशनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फ़ाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इंजिनियर डिल्ली रत्न शाक्य लगायतको उपस्थिती रहेको थियो । मु...
जंगली हात्तीको आक्रमणमा परेर उदयपुरमा एकको मृत्यु

जंगली हात्तीको आक्रमणमा परेर उदयपुरमा एकको मृत्यु

समाचार, समाज
काठमाण्डौ, मंसिर २७ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाटो भड्केर आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलका नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका कै स्थानीय बुद्धिमान मगर रहेका छन् । घर नजिकैको लेमन ग्रास चोक पूर्वतर्फ गोठालो जाने क्रममा मगरलाई हातीले अक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लाको प्रहरी आउँदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाइसकेको जनाए ।...
आगलागीमा परी एकै परिवारका तीन जनाको जलेर मृत्यु

आगलागीमा परी एकै परिवारका तीन जनाको जलेर मृत्यु

समाचार, समाज
दाङ, मंसिर २८ । दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको घर भित्र जलेर मृत्यु भएको हो । बिहीबार राति करिव ८ बजेतिर सोलार ब्याट्री पड्किएर घरमा आगलागी भएको हो । आगलागीमा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जनाए । नवराजको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला अकस्मात सोलार ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स्थानीयवासी र हाँसीपुर प्रहरीचौकीबाट गएका प्रहरीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सात गाई र चार बाख्र...
महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

अपराध, समाचार, समाज
महोत्तरी, मंसिर २६ । महोत्तरीमा एक व्यक्तिको उखुबारीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरेर फ्याकिएको अवस्थामा घर नजिकैको उखुवारीमा शव फेला परेको हो । राति करिब १२ बजे बारीतर्फ गएका महतो नफर्कीएपछि बुधबार बिहान खोजी गर्दा उखुवारीमा शव पाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानजारी दिए । घाँटी र ढाडमा निलडाम र घिसारिएको चोटहरु महतोको शरीरमा देखिएको छ । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको साथै हत्या्को बिस्तृत अनुसन्धान भैरहेकोप्र हरीले जनाएको छ ।...
दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

समाचार, समाज
काठमाडौं, मंसिर-२५। विश्व शान्तिको कामना गर्दै दक्षिण अफ्रिकाबाट आएको अन्तर्राष्ट्रिय टोलीले काठमाडौंमा आईपुगेर यात्रा टुंग्याएको छ । दक्षिण अफ्रिकाका किन्सल हालगैटको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले विश्व शान्तिको कामना गर्दै विभिन्न १९ देशको भ्रमण गर्दै नेपाल आई पुगेको हो । दक्षिण अफ्रिकास्थित एक समुन्द्रबाट ल्याएको जल काठमाडौको बौद्धस्तुपामा चढाएसंगै उनीहरुले शान्तिको लागि उनीहरुको अभियान पुरा भएको जनाएका छन् । बुद्ध जन्मभूमि नेपालमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उद्धेश्यले उनीहरुले बौद्ध स्तुपामा जल चढाएका हुन् । टोलीले बौद्ध स्तुपाको तीनपटक परिक्रमा गरी शान्तिको सन्देश नेपालबाट विश्व समुदायबीच पुर्‍याउने प्रतिबद्धता समेत गरेका छन् ।...
अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अपराध, समाचार, समाज
अछाम, मंसिर-२५ । जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई फक्राउ गरेको छ । १७ वर्षकी एक किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जनाए । भुलले गत आइतबार बिहान करीव ९ बजे ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए । किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जबर्जस्ती करणी गरेको जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो । पक्राउ परेका भुल अहिले अछाम जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा रहेका छन् । उनी माथि थप अनुसन्धानको कार्य भइरहेको डीएसपी शाहीले जनाए ।...
इटहरीको फार्म उद्योगमा भीषण आगलागी, करोडौको नोक्सानी

इटहरीको फार्म उद्योगमा भीषण आगलागी, करोडौको नोक्सानी

समाचार, समाज
काठमाडौं, मंसिर-२५ । सुनसरी, मंसिर-२५ । सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारस्थित लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात भीषण आगलागी हुँदा कम्तीमा दुई करोड भन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरण नष्ट भएका छन । बिहान करीव ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको समयमा अचानक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उद्योग व्यवासायी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत धेरै ठूलो नोक्सानी भएको छ । आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको उपस्थितिमा आगो नियन्त्रण प्रयास भएको थियो । तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्य...
बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अपराध, समाचार, समाज
बनेपा, मंसिर-२५ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३ स्थित चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेकै ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन । पनौतीदेखि रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नं प्लेटको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेको अवस्थामा श्रेष्ठलाई ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित श्री मेमोरियल अस्पतालमा लगिएको जनाईएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले जनाएका छन ।...