elephant

काठमाण्डौ, मंसिर २७ ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाटो भड्केर आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलका नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका कै स्थानीय बुद्धिमान मगर रहेका छन् ।

घर नजिकैको लेमन ग्रास चोक पूर्वतर्फ गोठालो जाने क्रममा मगरलाई हातीले अक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लाको प्रहरी आउँदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाइसकेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here