निर्मला हत्या प्रकरणमा फेरि अर्को रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका
काठमाडौं,मंसिर-२०।
१३ वर्षिय बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने देखिएको छ । प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत देखाएको छ । सामूहिक बलात्कारको आशंकामा चारजना पक्राउ परेका छन्, एकजना काठमाडौंबाट र तीन जना महेन्द्रनगरबाट ।
सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको छ । उनीहरू चारैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको समेत प्रहरी उच्च स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले बताएको छ ।
केही युवकहरुले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई नै दुःख दिएको भन्दै आपसमा गरेको कुरा स्थानीयले सुनेका थिए । तिनै स्थ...









