nirmala's poster on police;s van

काठमाडौं, मंसिर १८ ।

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघले मंगलबार प्रहरीको गाडीमा ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएकाे निर्मलाको पोस्टर टाँसेको छ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएकाे पोस्टर प्रहरीको गाडीमा टाँसेकाे हाे ।

नेविसंघ आरआर इकाइले क्याम्पसको मुलगेट अगाडिबाट सुरु गर्दै, प्रर्दशनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै उनको पोस्टर टाँसेका थिए।

नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदका अनुसार निर्मलालाई न्याय माग्दै पाँच सय भन्दा ज्याद पोस्टर टाँसिएको हो।

प्रहरीको भ्यानमा पोस्टर टाँसेपछि भने प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । भ्यानमा टाँसेको पोस्टर प्रहरीहरूले नै च्यातेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here