आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

उर्लाबारीमा आगलागी हुँदा एक करोड ११ लाख बराबरको क्षति

उर्लाबारीमा आगलागी हुँदा एक करोड ११ लाख बराबरको क्षति

Featured, समाचार, समाज
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताए । आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उनको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा क...

प्लान इन्टरनेशलबाट हटाइएका कर्मचारीहरुको धर्ना

समाचार, समाज
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका करीव ७६ जना कर्मचारीहरु धर्नामा बसेका छन्।अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाही बाट हटाइएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारीहरुले बताए। बिना जानकारी आफुहरुलाई छापामार शैलीमा हटाइनु अपमानजक र अमानवीय निर्णय भएको र यसले नेपालको श्रम कानुनकै धज्जी उडाएको उनिहरुको भनाइ छ। अन्धाधुन्ध शैलीमा आफूहरूलाई कार्यालयको काम कार्वाहीबाट हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसिरहेका छन्। आफ्नो माग पूरा नभएसम्म कार्यालय समयमा धर्ना दिइरहने धर्नामा बसेको कर्मचारीहरुले बताए। प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरूलाई गत २४ अक्टोबरका दिन स्काइप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको एकतर्फी घोषणा गरेका थिए। हटाइएका कर...
२ नं प्रदेशमा भोलि सार्वजनिक बिदा

२ नं प्रदेशमा भोलि सार्वजनिक बिदा

राजनीति, समाचार
२ नं प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ। उक्त प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। सो दिवसको अवसरमा २ नं प्रदेशको सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गर्नु भएको छ ।...
सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा, पारिश्रमिक कम्तीमा ५७ लाख

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा, पारिश्रमिक कम्तीमा ५७ लाख

खेलकुद, समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका वलिङ स्टार सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कालान्दर्सले न्यूनतम ५० हजार डलरमा खरिद गरेको छ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ। नेपालका सन्दीपलामिछानेलाई क्वालान्दर्सले खरिद गरेको हो। युवा लेग स्पिनर लामिछाने विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए। लामिछानेले ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगाएत थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा समेत अनुबन्धन भइसकेका छन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्। चौथो संकरणको पाकिस्तान सुपर लिग यहि २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका बिभिन्न शहरमा हुनेछन। डबल राउण्ड रोविनका आधारमा खेलाईने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहको छ...
पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक

समाचार, समाज
विगत लामो समयदेखि विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म नयाँ टेन्डर हाल्न रोक लगाएको हो। बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु लाई कालोसूचीमा राख्न यस अघिनै कात्तिक २६ गते पत्र पठाएको थियो। 'पत्रसाथ त्यसमा संलग्न कागजातहरू अध्ययन गर्दा उक्त निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले' पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। देशभरि विभिन्न स्थानमा आयोजनाको ठेक्का हात पार...
कोइरालाहरू मिलेको खबरले आत्तिएको छैन : सभापति देउवा

कोइरालाहरू मिलेको खबरले आत्तिएको छैन : सभापति देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे । ‘झगडा नभएको कुनै घर छ देखाउनुस् त? घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन्। यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु’ देउवाले भने,'कोइराला परिवारका तीन नेता मिलेको खबरले म आत्तिएको छैन।' उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै...
गे सेक्समाथि उपन्यास प्रकाशन गरिन, पाइन १० वर्षको जेल सजाय

गे सेक्समाथि उपन्यास प्रकाशन गरिन, पाइन १० वर्षको जेल सजाय

अन्तराष्ट्रिय, समाचार
बीबीसी गे सेक्समा आधारित उपन्यास लेखेर प्रकाशन र बिक्री गरेको आरोपमा चीनकी एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । लिउ नाम गरेकिन लेखिकलाई अन्हुई प्रान्तको एक अदालतले अघिल्लो महिना ‘अश्लिल सामग्री’ प्रकाशन र बिक्री बितरण गरेको भन्दै जेल पठायो । ‘अक्युपेशन’ नामको उक्त उपन्यासमा ‘पुरुषको समलिङ्गी सम्बन्धमा आधारित छ जसमा उत्पीडनसमेत घटिया यौन क्रियाकलाप बारे लेखिएको छ ।’ तर उनको सजायको अवधि धेरै लामो भएका भन्दै चीनियाँ सोसल मिडियामा यसको विरोध भइरहेको छ । बेइजिङ न्यूजका अनुसार इन्टरनेटमा तियां यी भनिने लिउले अदालतमा एक अपिल दर्ता गरेकी छिन् । चीनमा पोर्नोग्राफी गैरकानूनी हो । ‘यो त अति नै धेरै भयो’ स्थानीय समाचार वेबसाइट वुहु न्यूजका अनुसार अक्टोबर ३१ मा लिउलाई वुहूको पिपल्स कोर्टले ‘अश्लिल सामग्री’ लाई फाइदाका लागि लेखेको र बेचेको भन्दै सजाय सुनायो । यद्यपी, सुनुवाईको विवरण...
साउदी अरबका राजा सलमान बिनले अदालतको प्रशंसा गरे

साउदी अरबका राजा सलमान बिनले अदालतको प्रशंसा गरे

अन्तराष्ट्रिय, समाचार
रियाद – साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन्। आफ्नो देशका पत्रकार जमाल खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् । अन्तर्राष्ट्रिय रूपमै खराब घटनाका रूपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएको समाचारमा जनाइएको छ। सरकारी अभियोजनकर्ताले गत साता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए। पत्रकार खसोग्गीको गत अक्टोबर २ तारिखका दिन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कसले गरेको हो भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खसोग्गीको हत्या भएको आरोप लगाइर...
चिनियाँ राष्ट्रपति सी जिनपिङ फिलिपिन्सको भ्रमणमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ फिलिपिन्सको भ्रमणमा

अन्तराष्ट्रिय, समाचार
फिलिपिन्सको भ्रमणका सिलसिलामा चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला पुगेका छन् । प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला भएको राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् २०१६ को चुनावबाट फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटर्टे निर्वाचित भएसँगै चीनलाई अप्रत्यासित साझेदार मित्रराष्ट्र प्राप्त भएको हो । डुटर्टेले राष्ट्रपतिमा विजय हासिल गरेपछि फिलिपिन्सको अमेरिकासँगको शताब्दीऔंदेखिको सम्बन्धमा कटुता आएको थियो । फिलिपिन्सले पछिल्ला वर्षहरुमा अमेरिकाको सट्टा बढी मात्रामा चीनबाट लगानी भित्र्याउनुका साथै व्यापारिक साझेदारी निर्माण गरिरहेको छ । विगत १३ वर्षमा पहिलोपटक हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणका अवसरमा बेइजिङले प्रतिज्ञा गरेबमोजिमका ठूला पूर्वाधार परियोजनामा लगानीसम्बन्धी सम्झौता हुने मनिलाले जनाएको छ ।...
८० बर्ष पुरानो सुत्रमै बनाइदै आएको एन्टिबायोटिक बिष बन्दै

८० बर्ष पुरानो सुत्रमै बनाइदै आएको एन्टिबायोटिक बिष बन्दै

समाचार, स्वास्थ्य
काठमाडौं — ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका बिभिन्न प्रकारका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराइसकेको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ ।...