आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

राजधानीमा भव्य कार्यक्रमबिच चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो सहित)

राजधानीमा भव्य कार्यक्रमबिच चर्चित गायक गायिकाको स्वरले सजिएको, दुर्गा र बिनोदको ‘अन्ली फर यु’ सार्वजनिक !(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीको बानेश्वरस्थित ईन्द्रेणी बङ्क्वेटमा दुर्गा प्रधानको एकल शब्द तथा बिनोद पछाईंको एकल संगीतमा सजिएको ‘अन्ली फर यु’ एल्बम बिमोचन गरिएको छ । गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो। ‘अन्ली फर यु’ एल्बममा ५ वटा गीत समावेश गरिको छ, जसमा दुर्गा प्रधानको एकल शब्द र बिनोद पछाईंको एकल संगीतमा सजिएको गीतमा बिभिन्न चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन् त्यसैगरी गीतको एरेन्ज भने रिदम कडेलले गरेका छन् । कार्यक्रममा चर्चित गायक शिव परियारको स्वर रहेको तथा आकास श्रेष्ठ र सारा सिर्पालीद्वारा अभिनित म्युजिक भिडियो ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक गरिएको थियो । स्याड भर्सनको भनिएको उक्त सार्वजनिक गरिएको गीतलाइ निर्देशन भने निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब...
राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राजनीति, समाचार
विराटनगर, मंसिर २५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै जाँदा सरकार शान्ति ब्यबस्था कायम गर्न चुकेको बताएका छन । मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको समेत जिकिर गरे । उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।...
दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

दक्षिण अफ्रिकाको समुन्द्रको जल विश्व शान्तिको कामना गर्दै बौद्धस्तुपामा चढाइयो

समाचार, समाज
काठमाडौं, मंसिर-२५। विश्व शान्तिको कामना गर्दै दक्षिण अफ्रिकाबाट आएको अन्तर्राष्ट्रिय टोलीले काठमाडौंमा आईपुगेर यात्रा टुंग्याएको छ । दक्षिण अफ्रिकाका किन्सल हालगैटको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले विश्व शान्तिको कामना गर्दै विभिन्न १९ देशको भ्रमण गर्दै नेपाल आई पुगेको हो । दक्षिण अफ्रिकास्थित एक समुन्द्रबाट ल्याएको जल काठमाडौको बौद्धस्तुपामा चढाएसंगै उनीहरुले शान्तिको लागि उनीहरुको अभियान पुरा भएको जनाएका छन् । बुद्ध जन्मभूमि नेपालमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उद्धेश्यले उनीहरुले बौद्ध स्तुपामा जल चढाएका हुन् । टोलीले बौद्ध स्तुपाको तीनपटक परिक्रमा गरी शान्तिको सन्देश नेपालबाट विश्व समुदायबीच पुर्‍याउने प्रतिबद्धता समेत गरेका छन् ।...
ईपीएल क्रिकेटमा विराटनगरले रोमान्चक जित निकाल्यो, सुपर ओभरमा पोखरा पराजित

ईपीएल क्रिकेटमा विराटनगरले रोमान्चक जित निकाल्यो, सुपर ओभरमा पोखरा पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२५। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको रोमान्चक खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्‍यो । खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाएपछि स्कोर बरबरी भयो । पछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो । जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ । ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाईगर्सले सरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्दैछ ।...
अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अपराध, समाचार, समाज
अछाम, मंसिर-२५ । जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई फक्राउ गरेको छ । १७ वर्षकी एक किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जनाए । भुलले गत आइतबार बिहान करीव ९ बजे ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए । किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जबर्जस्ती करणी गरेको जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो । पक्राउ परेका भुल अहिले अछाम जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा रहेका छन् । उनी माथि थप अनुसन्धानको कार्य भइरहेको डीएसपी शाहीले जनाए ।...
भारतमा जारी विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्ड

भारतमा जारी विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्ड

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२५ । फ्रान्स र इङ्ल्यान्डले विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका छन् । गएराति भएका प्ले अफ खेलमा जित हात पार्दै फ्रान्स र इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । भारतको ओडिसामा जारी प्रतियोगिताको प्ले अफमा फ्रान्सले चीनलाई १–० ले हराउँदा इङ्ल्यान्डले न्यूजिल्याण्डमाथि २–० को महत्वपूर्ण जीत निकाल्यो । फ्रान्सले अब क्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्दा इङ्ल्यान्डले भने अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकप हक्कीको प्ले अफ चरणका बाँकी दुई खेल आज हुनेछन् । आज पाकिस्तानले बेल्जियमसँग खेल्दा नेदरल्यान्ड्स र क्यानडा आमनेसामने हुनेछन् ।...
इटहरीको फार्म उद्योगमा भीषण आगलागी, करोडौको नोक्सानी

इटहरीको फार्म उद्योगमा भीषण आगलागी, करोडौको नोक्सानी

समाचार, समाज
काठमाडौं, मंसिर-२५ । सुनसरी, मंसिर-२५ । सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारस्थित लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात भीषण आगलागी हुँदा कम्तीमा दुई करोड भन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरण नष्ट भएका छन । बिहान करीव ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको समयमा अचानक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उद्योग व्यवासायी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत धेरै ठूलो नोक्सानी भएको छ । आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको उपस्थितिमा आगो नियन्त्रण प्रयास भएको थियो । तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्य...
बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अपराध, समाचार, समाज
बनेपा, मंसिर-२५ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३ स्थित चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेकै ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन । पनौतीदेखि रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नं प्लेटको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेको अवस्थामा श्रेष्ठलाई ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित श्री मेमोरियल अस्पतालमा लगिएको जनाईएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले जनाएका छन ।...
पोखरालाई ८ विकेटले पराजित गर्दै ललितपुर इपीएल क्रिकेटको शीर्ष स्थानमा प्रवेश

पोखरालाई ८ विकेटले पराजित गर्दै ललितपुर इपीएल क्रिकेटको शीर्ष स्थानमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं, मंसिर २४ । पोखरा राइनोजलाई ८ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुरले पोखरालाई हराउदै ८ विकेटले विजयी भएको हो । पोखराले दिएको १६७ रनको चुनौती ललितपुरले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर सजिलै पूरा गर्‍यो । ललितपुरका लागि सुरुवाती ब्याट्सम्यानको रुपमा आएका गौरव तोमरले सर्वाधिक ८२ रन जोड्दा जयकिसन कोल्सवालाले ५१ रन जोड्न सफल भए । खेलमा, टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल जोडेको थियो । पोखराको लागि भने दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभिले ८४ रन जोड्दा विनोद भण्डारीले अविजित ३४ रन जोडेका थिए । बलिङतर्फ ललितपुरका पवन सराफले ३ विकेट लिएर टिमको जित सहज बनाए ।...
निर्मलाको हत्या प्रकरणको दोषि तत्काल पत्ता लगाउन प्रहरीलाई सुशासन समितिको निर्देशन

निर्मलाको हत्या प्रकरणको दोषि तत्काल पत्ता लगाउन प्रहरीलाई सुशासन समितिको निर्देशन

राजनीति, समाचार
काठमाडौं, मंसिर-२४ । संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले राज्यमामा बढ्दै गएको हत्या, हिंसा, चोरी, डकैत नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन समेत ध्यानाकर्षण गराउदै नेपाल प्रहरीलाई सचेत गराएको छ । समितिको बैठकमा सदस्यहरुले निर्मला पन्तको हत्यारालाई आजसम्म पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका छन् । जवाफमा बोल्दै प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको जनाए । खनालले घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समेत समितिसँग आग्रह गरे । उनले नेपाल प्रहरीले अनुसन्ध...