आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

प्लस साइज विजनेशबाट परिचित वूमानियाकी संचालिका प्रियंका अब शारीरिक रुपमा मोटाहरुको सौन्दर्य प्रतियोगिता प्लस साइज मोडल नेपालको आयोजना गर्दै

प्लस साइज विजनेशबाट परिचित वूमानियाकी संचालिका प्रियंका अब शारीरिक रुपमा मोटाहरुको सौन्दर्य प्रतियोगिता प्लस साइज मोडल नेपालको आयोजना गर्दै

मनोरन्जन, समाचार
आफु सानो हुँदा आफ्नो साईजको कपडा नपाएर पसल-पसल भौतारिदै हिड्दा “तपाईको साईजको कपडा त हाम्रोमा छैन, अन्तै खोज्नुहोस !” हो यहि कुरा बार-बार प्रत्येक पसलमा सुन्नुपर्थ्यो प्रियंका बोथ्राले तर आज उनले राजधानीमा सन्चालन गरेको वूमानीयाको जुनसुकै आउटलेटमा आउने कुनै पनि प्लस साईजका ग्राहकहरुले यो कु्रा सुन्नुपर्ने छैन । राजधानीको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, सिटि सेन्टर, कमलपोखरी लगायत बिभिन्न ३ वटा स्थानमा वूमानियाको आउटलेट सन्चालनमा रहेका छन । साथै देशभरीका बिभिन्न शहरहरुमा वूमानियाको प्लस साईज कपडाहरु उपलब्ध रहेका छन । प्रियंकाका अनुसार वूमानियाको प्रत्येक आउटलेटमा आउने प्लस साईजका ग्राहकहरुले आफ्नो साईज पाईएन भनेर गुनासो गर्नु पर्ने छैन । प्लस साईजका ग्राहकहरुले समेत “यो त मेरो भन्दा ठुलो साईज” भन्दै आफ्नोभन्दा नि ठुलो साईजका मानिस हुदारैछन भनी खुसि भएको देख्दा धेरै नै खुसि मिल्ने बताउ...
गायक धिरज राईको “तिम्रो नयन” गितको भिडियो सार्वजनिक(भिडियो सहित)

गायक धिरज राईको “तिम्रो नयन” गितको भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २६ । नेपाली संगीत जगतका सुप्रसिद्द गायक धिरज राईको नयाँ गीत “तिम्रो नयन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो नयन’ बोलको उक्त गीतमा धिरज राईको स्वर, शब्द तथा संगीत रहेको छ । धमाकेदार गीतको म्युजिक भिडियो पनि एकदमै सुन्दर तथा उत्कृष्ट बनेको छ । गीतको भिडियोमा नायिका एवं मोडल एलिशा राई र बिशाल गुरुङलाई देख्न सकिन्छ । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन तथा निर्देशन छ । भिडियोः https://youtu.be/CfVb5fYXR8s...
ईपीएल क्रिकेटमा विराटनगरलाई ४ विकेटले हराउदै दुई खेल अघि नै भैरहवा प्लेअफमा

ईपीएल क्रिकेटमा विराटनगरलाई ४ विकेटले हराउदै दुई खेल अघि नै भैरहवा प्लेअफमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर २६ । एभरेस्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्याडियटर्स विराटनगरलाई ४ विकेटले हराउदै विजयी भएको छ । जितसंगै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । विराटनगरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भैरहवा ग्याडियटर्सले टस जित्दै विराटनगरलाई ब्याटिङका निम्ताे दिएपछि विराटनगरले १८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर ९१ बनाएकाे थियाे । टिमको जितमा प्रदिपसिंह ऐरीले १० रन, इन्दर सिंहले १२ , रायन टेन्डेसकाटेले २० रन, शरद भेष्वकारले १६ रनको योगदान दिए । उता विराटनगरका लागि राेलेफ भान डी मर्वीले सर्वाधिक २५ रन, करण केसीले १८ रन, सुमित माहाराजे १५ रन र हरि चाैहानले १३ रनको योगदान दिनु बाहेक अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन । विराटन...
उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ बिहान १० बजेर ३० मा जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुजनकपुर विमानस्थलमा ओर्लिएका हुन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरुले स्वागत गरेका थिए । बिवाह पन्चमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम समेत गरिसकेका छन् । योगीको सम्मानमा दिवा भोजमा ५६ प्रकारको व्यन्जनको ब्यवस्था गरिएको छ । आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। साथै कार्यक्रमको समाप्तिसंगै योगीको ४ बजे फर्कने कार...
नेहा र हिमांशको ब्रेकअप

नेहा र हिमांशको ब्रेकअप

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २६ । सिङ्गिङ रियालिटी शो बाट आफ्नो करिअर सुरु गरेकी गायिका नेहा कक्कड अहिले आफैँ उक्त शो को निर्णायकको रूपमा व्यस्त छिन् । हालै उनले ‘इन्डियन आइडल’को मञ्चमा आफू सम्बन्धमा रहेको भन्दै कलाकार हिमांश कोहली र उनले सम्बन्धबारे खुलाएकी थिइन् । तर, अब भने यो समाचार निकै नै दुःखद बनेको छ । स्रोतका अनुसार नेहा र हिमांशबिच ब्रेकअप भएको छ । अहिले यो खबर सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ । यो कुरा त्यतिवेला बाहिरियो, जब उनीहरूले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरिदिए । यसलाई नै लिएर यी दुईको सम्बन्धमा दरार आएको भारतीय मिडियाले उल्लेख गरेर लेखेका छन् । केही समयअघि एउटा लाइभ कन्सर्टमा नेहाको प्रस्तुति निकै नै रुचाइयो । सो कन्सर्टको भिडलाई पुलिसले रोक्नखोज्दा खोज्दै पनि सकेन । भिडमा ठुलो भागादौड चल्यो । तर, उक्त कन्सर्ट भएकोको दुई दिनपछि उनीहरूले एक–अर्कालाई अनफलो...
महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

महोत्तरीमा गएराती एक व्यक्तिको उखुबारीमा हत्या

अपराध, समाचार, समाज
महोत्तरी, मंसिर २६ । महोत्तरीमा एक व्यक्तिको उखुबारीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरेर फ्याकिएको अवस्थामा घर नजिकैको उखुवारीमा शव फेला परेको हो । राति करिब १२ बजे बारीतर्फ गएका महतो नफर्कीएपछि बुधबार बिहान खोजी गर्दा उखुवारीमा शव पाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानजारी दिए । घाँटी र ढाडमा निलडाम र घिसारिएको चोटहरु महतोको शरीरमा देखिएको छ । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल लैजाने तयारी भइरहेको साथै हत्या्को बिस्तृत अनुसन्धान भैरहेकोप्र हरीले जनाएको छ ।...
महिनावारी सम्बन्धी कुरा नलुकाउन सरोकारवालाहरुको आग्रह

महिनावारी सम्बन्धी कुरा नलुकाउन सरोकारवालाहरुको आग्रह

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २६ । ‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित राजधानीमा मंगलबार महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी एक कार्यशाला भएको छ । कार्यशालामा महिनावारीको समयमा सरसफाइमा कसरी ध्यान दिने भनेर नीति–निर्माता र सरोकारवालाहरुबीच बिस्तृत छलफल भएको थियो । समाजमा अहिलेपनि महिनावारीबारे महिला आफैं पनि खुलेर कुरा गर्न नसक्ने समस्याका कारण महिलाले कुनै न कुनैरुपमा समस्याहरु भोगिरहेका देखिन्छ । महिलाहरुमा सामान्यतया हेर्दा १३—१४ वर्षको उमेरदेखि महिनावारी सुरु हुने देखिन्छ । तर, खानपान र वंशाणुगत कारणले १०-११ वर्षको उमेरमा पनि महिनावारी सुरु हुने स्त्रीरोग विशेषज्ञहरु जनाउँछन् । नेपालमा अझैपनि महिनावारीको समयमा परिवारका सदस्यहरुलाई छुन हुँदैन भन्ने सामाजिक अन्धविश्वासले गतिलो जरो गाडीरहेकै पाइन्छ । ...
चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी अधिकृत वाङ्जु धरौटीमा रिहा

चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी अधिकृत वाङ्जु धरौटीमा रिहा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, मंसिर २६ । चिनियाँ मोबाइल प्रदायक कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छन् । क्यानडामा पक्राउ परेकी वाङ्जुलाई त्यहाको स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको जनाइएको छ । वाङ्जु डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । उनीमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना प्रवल रहेको समेत स्रोतले जनाएको छ । हुवाई र स्काइ कमले इरानमा व्यवसाय गर्दा यी दुई कम्पनीबीचको सम्बन्धका बारेमा बिभिन्न गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । अमेरिकाले भने यस अघिदेखि नै हुवाई र स्काइकम सम्बन्धित रहेको जनाइरहेको छ । यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले गर्दा नै उल्लंघन भएको पनि अमेरिकी दाबी छ ।...
राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् । आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति, हामी नेपालीको अमूल्य नीधि भएको समेत बताएकी छन् । नेपाल धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन् । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । जसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ । आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको कुरा उ...
के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

राजनीति, समाचार
उर्लाबारी, मंसिर २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको जनाएका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला समेत पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे । थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो कुनै संकेत आजसम्म नदेखिएको बताए । उनले सरकारका बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा बहुमत सहित विजयी हासिल हुनेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस...