काठमाडौं, मंसिर २६ ।
एभरेस्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्याडियटर्स विराटनगरलाई ४ विकेटले हराउदै विजयी भएको छ । जितसंगै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ ।
विराटनगरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
भैरहवा ग्याडियटर्सले टस जित्दै विराटनगरलाई ब्याटिङका निम्ताे दिएपछि विराटनगरले १८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर ९१ बनाएकाे थियाे ।
टिमको जितमा प्रदिपसिंह ऐरीले १० रन, इन्दर सिंहले १२ , रायन टेन्डेसकाटेले २० रन, शरद भेष्वकारले १६ रनको योगदान दिए ।
उता विराटनगरका लागि राेलेफ भान डी मर्वीले सर्वाधिक २५ रन, करण केसीले १८ रन, सुमित माहाराजे १५ रन र हरि चाैहानले १३ रनको योगदान दिनु बाहेक अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।
विराटनगरका कप्तान पारस खड्का ५ बलकाे सामना गर्दै १ रन बनाएर कृष्ण कार्कीकाे बलमा शरदबाट क्याच आउट भए भने भैरहवाका लागि माेहम्मद नाभिले सर्वाधिक ४ विकेट लिए ।
अभिनिस बाेहाेर र कृष्ण कार्कीले समान २/२ विकेट लिएको खेलमा शरष भेस्वाकरले १ विकेट लिए ।
लगातार तीन खेलमा जित हासिल गर्दै भैरहवाले ६ अंक बनाउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । पहिलो खेलमा पोखरा राइनोजलाई चार विकेटले हराएको पोखराले दोस्रो खेलमा भने चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको थियो । विराटनगरको भने जारी लिगमा यो पहिलो हार हो ।