आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

काठमाडौं, मंसिर २६ ।

भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ बिहान १० बजेर ३० मा जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुजनकपुर विमानस्थलमा ओर्लिएका हुन् ।

मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरुले स्वागत गरेका थिए ।

बिवाह पन्चमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम समेत गरिसकेका छन् ।

योगीको सम्मानमा दिवा भोजमा ५६ प्रकारको व्यन्जनको ब्यवस्था गरिएको छ ।

आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। साथै कार्यक्रमको समाप्तिसंगै योगीको ४ बजे फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *