आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना

स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना

समाचार, समाज
ललितपुर, २९ मङ्सिर – नेपाल हार्ट फ़ाउण्डेशनले स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षयकोष स्थापनामा आएको हो । नेपाल हार्ट फ़ाउण्डेशनको एक लाख सहयोग र स्वर्गिय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षयकोष स्थापना भएको हो । अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फ़ाउण्डेशन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फ़ाउण्डेशनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फ़ाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इंजिनियर डिल्ली रत्न शाक्य लगायतको उपस्थिती रहेको थियो । मु...
मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन सम्पन्न,उत्साहजनक सहभागीता

मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन सम्पन्न,उत्साहजनक सहभागीता

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन मंसीर २८ गते शुक्रबार सम्पन्न भएको छ  । बानेश्वरमा रहेको दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा भएको यस प्रतियोगिताको दोश्रो अडिसनमा दुबै स्पर्धामा गरी २० जनाको सहभागीता रहेको थियो । विवाहित तथा अविवाहित महिलामा बाहिरी तथा भित्री सुन्दरता तथा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम गरिएको दक्ष इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक दिपा थपलियाले जानकारी दिनु भएको छ । यस अघि पहिलो अडिसन मंसीर १५ गते शनिबार सम्पन्न भएको थियो । माघको दोश्रो साता फाईनल राउन्ड हुने आयोजकले जानकारी दिएको छ । दोश्रो अडिसन राउण्डमा निर्णायकहरु हाँस्यकलाकार उत्तम के.सी. नायिका पुजा पराजुली , मोडल मनिषा सापकोटा ,नेपाली चलचित्र वितरक गोपालकाजी कायस्थ      र दक्ष ईन्टरनेशनल प्रा.लि का प्रबन्ध निर्देशक एवंम समाजसेवी दिपा थपलिया हुनु हुन्थ्यो । मिस ब्युटि...
मोडलिङको रंगीन दुनीयामा युवतीको तुलनामा युवकहरुको चर्चा कमः- मोडल मन्दिप पौडेल

मोडलिङको रंगीन दुनीयामा युवतीको तुलनामा युवकहरुको चर्चा कमः- मोडल मन्दिप पौडेल

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २८ । नेपाली मोडलिङको रंगीन दुनीयामा युवतीको तुलनामा युवकहरुको चर्चा कमै हुन्छ । मोडलिङदेखि विज्ञापनसम्म युवती र युवक दुवैको सहभागिता उस्तै भए पनि युवकहरू पर्दा पछाडि नै रहने गरेका छन् । मोडलिङ हुँदै दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका सर्लाहीको हरिवनमा जन्मिएका मन्दिप पौडेल युवकहरुलाई प्रचारप्रसार कम गरिने हुँदा यस्तो भएको बताउँछन् । पौडेलले बताएअनुसार ‘मिडियामा मोडल युवतीहरूले जस्तो कभरेज युवकहरूले नपाउँदा नै यस्तो भएको हो । विगत केही समयदेखि पढाईको सिलसिलामा काठमाडौं आएका पौडेल मोडलिङसंगै बिजनेस पर्सनको रुपमा अहिले परिवार सहित काठमाडौंमा रहँदै आएका छन । पौडेलले भने- ‘युवतीहरू छिट्टै चर्चामा आउने कारण मिडियाको कभरेज पनि एक हो ।’ बिभिन्न म्युजिक भिडियोका मोडल पौ्डेलका अनुसार पुरुष मोडलका लागि अवसर समेत कम भएको कुरामा गुनासो गरे । लोकप्रियताका ल...
‘ए’ डिभिजन लिग फुटबलमा पुलिस क्लवले फ्रेन्ड्सलाई ५–० ले हरायो

‘ए’ डिभिजन लिग फुटबलमा पुलिस क्लवले फ्रेन्ड्सलाई ५–० ले हरायो

खेलकुद, समाचार
काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिस ५–० गोलको फराकिलो अन्तरले विजयी भएको हो । खेलमा पुलिसको जितमा निरकुमार राई, तेज तामाङ, भरत शाह, रविशंकर पासवान र अभिषेक रिजालले १/१ गोल गरे । जितसँगै पुलिसले जारी लिगमा ८ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानको आफ्नो पकडलाई बलियो पारेको छ । पराजित टोली फ्रेन्ड्स क्लब भने ५ अंकसहित लिग तालिकाको ११औं स्थानमा रहेको छ ।...
मेघालयको कोइलाखानीमा बाढी पस्दा  भित्र रहेका १३ मजदुरको मृत्यु भएको आशंका

मेघालयको कोइलाखानीमा बाढी पस्दा भित्र रहेका १३ मजदुरको मृत्यु भएको आशंका

अन्तराष्ट्रिय, समाचार
नयाँदिल्ली, मंसिर २८ । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैधरुपमा सन्चालन हुँदै आएको एक कोइलाखानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएको खवर छ । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेपछि कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो । अहिले दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा संगमाले जानकारी दिए । भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइलाखानी खोल्नका लागि प्रतिबन्ध लगाएको थियो । वातावरणकर्मीहरुले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइलाखानीहरु रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए । सरकारी प्रतिबन्धका बाबजुद् त्यस इलाकाम...
जंगली हात्तीको आक्रमणमा परेर उदयपुरमा एकको मृत्यु

जंगली हात्तीको आक्रमणमा परेर उदयपुरमा एकको मृत्यु

समाचार, समाज
काठमाण्डौ, मंसिर २७ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाटो भड्केर आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलका नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका कै स्थानीय बुद्धिमान मगर रहेका छन् । घर नजिकैको लेमन ग्रास चोक पूर्वतर्फ गोठालो जाने क्रममा मगरलाई हातीले अक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लाको प्रहरी आउँदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाइसकेको जनाए ।...
मिस क्विन ग्लोब ईन्टरनेसनल टिनतर्फको ताज नेपाली सुन्दरी आश्मा दुलालले जितिन

मिस क्विन ग्लोब ईन्टरनेसनल टिनतर्फको ताज नेपाली सुन्दरी आश्मा दुलालले जितिन

मनोरन्जन, समाचार
काठमाण्डौ, मंसिर २७ । अन्तराष्ट्रिय स्तरमा आयोजना भएका सौन्दर्य प्रतियोगिताहरुको स्टेजमा नेपाली सुन्दरीहरुको चर्चा चल्ने क्रम व्यापक भई रहेको छ । गत डिसेम्बर ६ तारिखमा दुबईमा भएको ‘मिस क्विन ग्लोब इन्टरनेसनल २०१८’ को ग्राण्ड फिनालेमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्दै स्टेजमा उभिएकी नेपाली सुन्दरी आश्मा दुलाल ले मिस क्विन ग्लोब ईन्टरनेसनल टिन तर्फको ताज पहिरिन सफल भईन । साइपल एकेडेमी कलेज धुम्बराहीको कक्षा १२ मा अध्ययनरत आश्मा राजधानीमा सम्पन्न बाबा एडुकेसनल कन्सलटेन्सी मिस +२ स्टार २०१८ कि ग्लोब इन्टरनेसनल समेत हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि ले आयोजना गरेको थियो । आश्माले यो सफलताका लागि आफ्नो आमा बुवा, साथीभाइ, बाबा एडुकेशन तथा परिवर्तन इभेन्ट हाउसलाई बिशेष धन्यवाद र आभार प्रकट गरेकी छिन ।...
आगलागीमा परी एकै परिवारका तीन जनाको जलेर मृत्यु

आगलागीमा परी एकै परिवारका तीन जनाको जलेर मृत्यु

समाचार, समाज
दाङ, मंसिर २८ । दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको घर भित्र जलेर मृत्यु भएको हो । बिहीबार राति करिव ८ बजेतिर सोलार ब्याट्री पड्किएर घरमा आगलागी भएको हो । आगलागीमा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जनाए । नवराजको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला अकस्मात सोलार ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स्थानीयवासी र हाँसीपुर प्रहरीचौकीबाट गएका प्रहरीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सात गाई र चार बाख्र...
माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा नेपाली गोलकिपर किरण  चेम्जोङ

माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा नेपाली गोलकिपर किरण चेम्जोङ

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२७ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयन सुचीमा परेका छन् । माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसिएसन अफ माल्दिभ्सले संयुक्तरुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण समेत परेका हुन् । अवार्डको विजेता घोषणा भने आगामी पुस ३ गते एक समारोहविच गरिनेछ । विगत केहि समयदेखी किरण टीसी स्पोर्टस् क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । किरणकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि, नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इन्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए । रासस...
दोरम्बा गाउँपालिका उपाध्यक्ष कपमा सहभागी हुने विधार्थी र प्रशिक्षकलाई साउथवेस्टन स्कुलद्वारा विदाई

दोरम्बा गाउँपालिका उपाध्यक्ष कपमा सहभागी हुने विधार्थी र प्रशिक्षकलाई साउथवेस्टन स्कुलद्वारा विदाई

खेलकुद, समाचार
काठमाडौं, मंसिर-२७ । रामेछापको दोरम्बामा पहिलोपटक ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगीताको लागि साउथवेस्टन स्कुलका तर्फबाट विभिन्न तौल समूहका विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् । प्राचार्य मनोज आचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख दीपक भण्डारीले आज एक समारोहका विच सहभागी खेलाडिहरु तथा कराँते प्रशिक्षक सरिता सापकोटालाई सफलताको शुभकामना दिदै विदाई गर्नु भयो । उक्त टोली यहि मंसिर २८ गते बिहान प्रतियोगिताका लागि काठमाडौं बाट दोरम्बातर्फ जाने जाने कार्यक्रम रहेको प्रशिक्षक सरीता सापकोटाले जनाउनुभयो । विगत लामो समयदेखि साउथवेस्टन स्कुलले आफ्ना बिद्यार्थीहरुलाई नियमित पढाइका साथसाथै अतिरिक्त क्रिकलापहरुमा पनि विशेष जोड दिदै आएको छ । दक्ष प्रशिक्षक, कुशल व्यवस्थापन तथा विद्यार्थीहरुको अथक परिश्...