आफु सानो हुँदा आफ्नो साईजको कपडा नपाएर पसल-पसल भौतारिदै हिड्दा “तपाईको साईजको कपडा त हाम्रोमा छैन, अन्तै खोज्नुहोस !” हो यहि कुरा बार-बार प्रत्येक पसलमा सुन्नुपर्थ्यो प्रियंका बोथ्राले तर आज उनले राजधानीमा सन्चालन गरेको वूमानीयाको जुनसुकै आउटलेटमा आउने कुनै पनि प्लस साईजका ग्राहकहरुले यो कु्रा सुन्नुपर्ने छैन । राजधानीको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, सिटि सेन्टर, कमलपोखरी लगायत बिभिन्न ३ वटा स्थानमा वूमानियाको आउटलेट सन्चालनमा रहेका छन । साथै देशभरीका बिभिन्न शहरहरुमा वूमानियाको प्लस साईज कपडाहरु उपलब्ध रहेका छन ।

प्रियंकाका अनुसार वूमानियाको प्रत्येक आउटलेटमा आउने प्लस साईजका ग्राहकहरुले आफ्नो साईज पाईएन भनेर गुनासो गर्नु पर्ने छैन । प्लस साईजका ग्राहकहरुले समेत “यो त मेरो भन्दा ठुलो साईज” भन्दै आफ्नोभन्दा नि ठुलो साईजका मानिस हुदारैछन भनी खुसि भएको देख्दा धेरै नै खुसि मिल्ने बताउछिन ।

काठमाडौंको नक्सालमा जन्मिएकी प्रियंकाले नेपालगन्जबाट एस.एल सी परिक्षा उत्तीर्ण गरिन । राजस्थानबाट १२ कक्षासम्मको अध्ययन पुरा गरी दिल्लि युनिभर्सिटिबाट ग्र्याज्युएसन पुरा गरेकि छिन । त्यसैगरी अलाइन्स युनिभर्सिटि, बेङ्गलोरबाट  एमबिए पुरा गरेकि बोथ्राले  भारतको कोडाक महिन्द्रा बैंकमा रिलेसनशिप मेनेजर को रुपमा एक वर्षसम्म काम गरेकि थिईन ।

Priyanka Bothra

 

आफु कसैको नेतृत्वको अधिनमा रहि काम गर्न नसक्ने बताउने बोथ्रा आफुमा नेतृत्व गरेर रहने गुण भएकोलेनै वूमानियामा सफलता प्राप्त गर्न सफल भएको जनाउछिन । उनको पारिवारिक पृष्ठभुमि समेत व्यबसायसंगै सम्बधित रहनुले उनमा आफैले केहि गर्नु्पर्छ भन्ने भाव जगाउदै ल्यायो । बुबा चम्पालाल बोथ्रा नेपालकै एक उत्कृष्ट प्लाईवुड कम्पनी शिखर प्लाईवुडको सन्चालक हुनुहुन्छ त्यसैगरी उनको श्रीमान को परिवारभने नेपालमा कपडा आयात-निर्यातसम्बन्धि कारोवारमा वर्षौदेखि संलग्न रहदै आएका छन । परिवारको साथ अनि सहयोग र नेपालमै केहि अलग गरेर देखाउने उनको संकल्पले गर्दा शारिरिक रुपमा मोटा युवती तथा महिलाहरुलाई लक्षित गरी २०१६ मा वूमानिया नामक कपडा पसलको सुरुवात गरिन ।

भनिन्छ कसैले परेर जान्दछन त कसैले पढेर तर बोथ्राको जीवनमा दुवैकुरा एकैसाथ भयो ।

बुवाको प्लाईवुड कम्पनिको बिजनेशवाट केहि सिक्दै आएकिन उनि आफ्नो श्रीमानको घरसम्म आईपुग्दा पढेर र परेर दु्वै कुराबाट खरो उत्रीसकेकि थिईन । अहिलेको पुस्तालाई राम्रोसंग अध्ययन गरी डिजिटल मार्केटीङमार्फत आफ्नो स्टोर सुरु हुनु ३ महिना पूर्व नै  उनले आफ्नो स्टोरको प्रचार-प्रसार गर्न भ्याई सकेकि थिईन ।

जसको फलस्वरुप स्टोरको औपचारिक रुपमा सुरुवात गरेको दिनमै ९०० प्लस ग्राहकहरुले स्टोरको अवलोकन तथा किनमेल गरेका थिए । त्यसपश्चात भने बोथ्राले कहिल्यै पछि फर्केर हेर्नुपरेन ।

अबको केहि समयमा नै प्लस साईज शु स्टोर र प्लस साईज भएका पुरुषहरुको निम्ति समेत स्टोर सन्चालनमा ल्याउने तयारी रहेको बोथ्राले जनाएकि छिन ।

priyanka bothra

उनी प्लस साईजको लागि त्यतिमै मात्र सिमित रहिनन । नेपालमा आयोजना हुने बिभिन्न सौन्दर्य प्रतियोगिताले अबिवाहित तथा पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा गत वर्ष देखि  “सुपर प्लस साईज मोडल नेपाल” को आयोजना गरी प्लस साइज (मोटोपन) भई निराश भएर बसेका, सुन्दर भएर पनि शारिरिक बनावटलाई दोष मान्दै आएका र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले नेपालमै अलग किसिमको सौन्दर्य प्रतियोगिताको आयोजक समेत बन्न पुगिन ।

हरेक कुरा गर्दा अलग धारबाट गर्नुपर्ने बताउने बोथ्रा नेपाल जस्तो विकासोन्मुख मुलुकमा रोजगारीको निम्ती धेरै नै सम्भावना रहेको तर त्यसमा जोखिम मोल्न डराउने मानसिकताले दक्ष युवा जनशक्ति समेत पलायन हुँदै गएको बताउछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here