आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

शेर्पालगायत हिमाली भेगका बासिन्दाले ग्याल्बो ल्होसार मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

शेर्पालगायत हिमाली भेगका बासिन्दाले ग्याल्बो ल्होसार मनाउँदै, प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

समाचार, समाज
काठमाडौं—फागुन २३। शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । यसै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका छन् । ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गरेका छन् । ‘नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइँदैन’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई ...
भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन २२। भतिजले बञ्चरो प्रहार गरि कञ्चनपुरमा आफ्नै काकाको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरका सिवी लुहारले काका गोरे लुहारमाथि बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । २० फागुन महाशिवरात्रीको राती भाङ र मदिरा सेवन गरेका सिवीले जमिनको विषयलाई लिएर ६१ वर्षीय काकाको टाउकोमा बन्चरो प्रहार गरेका थिए । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष शंकर उपाध्यायले घरमै बसेका गोरेमाथि एक्कासी आएर सिवीले तीन पटक उल्टो तर्फवाट बन्चरो प्रहार गरेको जनाए । घाइते गोरे्लाई महाकाली अञ्चल अस्पताल हुँदै भारतीय तपन र बरेली उपचारका लागि लगिएको थियो । बरेली अस्पतालका भारतीय चिकित्सकले उपचार सम्भव नभएका बताएपछि उनलाई घर ल्याइएको थियो । गएराति गोरेको मृत्यु भएको छ । गोरोको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बन्चरो प्रहार गर्...
ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

अपराध, समाचार, समाज
उदयपुर —फागुन २२। उदयपुरको कटारी नगरपालिका- ४ स्थित कटारी बजारमा मध्याह्न ट्रकले किच्दा एक बालकको मृत्यु भएको छ । कटारीबाट सोलुखुम्बुका लागि हिँडेकेा ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको ४ वर्षीय छोरा मौसम राईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए । स्थानीयका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेकाआवस्थामा बालकलाई ठक्कर दिएको हो । बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
पोखरामा फेरि भयो प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरामा फेरि भयो प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

समाचार, समाज
पोखरा—फागुन २१। पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार विहान प्यारागाइडिङ उडान गर्नेक्रममा निश्चित दिशातर्फ नगइ जंगलतिर मोडिएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । आइतबार मात्रै पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । (ईमेज खबर)...
लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

समाचार, समाज
ललितपुर—फागुन १९। ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो । ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोग माझ ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको थियो । एक दिने स्वास्थ्य शिबिर कार्यक्रम स्वास्थ्य शिबिरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो । महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिबिरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने वताएका छन् ।...
प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

समाचार, समाज
पोखरा —फागुन १९। पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएकाे हाे । सराङकोटबाट सोलो उडान गरेका उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए।प्याराग्लाइडिङ अवतरण गर्ने बेलामा हावाको सन्तुलन मिलाउन नसकेपछि उनी तालमा खसेका थिए। तत्कालै उनलाई उद्धार गरी मेट्रेसिटी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा दिउँसाे१२ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाको अनुसन्धान भइरहेको बताए। (कान्तिपुर दैनिक)...
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

समाचार, समाज
काठमाडौँ — फागुन १७। ताप्लेजु‌ङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । बिहान ८ बजे देखि सुरु भएकाे श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले दिवंगत मन्त्री अधिकारीलगायतलाई राष्ट्रिय झण्डाओढाएका थिए। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री अधिकारीलाई पार्टीकाे झण्डा अाेढाएका थिए । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन्। श्रद्धाञ्जली पछि...
कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

समाचार, समाज
कञ्चनपुर— फागुन १७। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निर्मला पन्तको घरमा पुगेका छन् । गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घर पुगेका हुन् । निर्मलाकी आमा दुर्गादेवीलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए । उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए । (ईमेज खबर)...
दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बोकेर ताप्लेजुङबाट काठमाडौंतर्फ उड्यो हेलिकोप्टर

दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बोकेर ताप्लेजुङबाट काठमाडौंतर्फ उड्यो हेलिकोप्टर

समाचार, समाज
काठमाडौं— फागुन १६। पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको छ । दुर्घटनामा मृत्यु भएका सातै जनाको शवलाई सुकेटर विमानस्थलमा बिहीबार बिहानै ल्याई पु-याएको भएपनि खराब मौसमका कारण शव पठाउन ढिला भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसम खुल्ने बितिकै शव काठमाडौं पठाइएको हो । फुङलिङ नगरपालिका १० को दारेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । (नयाँ पत्रिका)...
दाङमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, पाँच घाइते

दाङमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, पाँच घाइते

समाचार, समाज
दाङ— फागुन १६। दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीका ३५ वर्षीय लालबहादुर रावत र भ्यानमा सवार तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका ५५ वर्षीय अमरबहादुर वली रहेका छन् । दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार साँझ दुर्घटना भएको थियो । साँझ पौने ६ बजेतिर भएको दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका १६ वर्षीय लिला बहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ वर्षीया सपना वली सेन ठकुरी र उनका छोरा संदिप सिंह र उनकै अर्का छोरा सुजल सिंह ठकुरी घाइते भएका छन् । घाइतेमध्ये लिलाबहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्त...