बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बोकेर ताप्लेजुङबाट काठमाडौंतर्फ उड्यो हेलिकोप्टर

काठमाडौं— फागुन १६।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको छ ।

दुर्घटनामा मृत्यु भएका सातै जनाको शवलाई सुकेटर विमानस्थलमा बिहीबार बिहानै ल्याई पु-याएको भएपनि खराब मौसमका कारण शव पठाउन ढिला भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसम खुल्ने बितिकै शव काठमाडौं पठाइएको हो ।

फुङलिङ नगरपालिका १० को दारेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

(नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *