gadi and jeep accident on dang

दाङ— फागुन १६।

दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीका ३५ वर्षीय लालबहादुर रावत र भ्यानमा सवार तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका ५५ वर्षीय अमरबहादुर वली रहेका छन् ।

दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार साँझ दुर्घटना भएको थियो । साँझ पौने ६ बजेतिर भएको दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका १६ वर्षीय लिला बहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ वर्षीया सपना वली सेन ठकुरी र उनका छोरा संदिप सिंह र उनकै अर्का छोरा सुजल सिंह ठकुरी घाइते भएका छन् ।

घाइतेमध्ये लिलाबहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको छ । गाडीमा दशजना सवार रहेपनि अन्य तीनजनाको अवस्था सामान्य रहेको उनले बताए ।

गाडी सडकबाट करिब एक सय मिटर तल खसेको र बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here