उदयपुर —फागुन २२।
उदयपुरको कटारी नगरपालिका- ४ स्थित कटारी बजारमा मध्याह्न ट्रकले किच्दा एक बालकको मृत्यु भएको छ ।
कटारीबाट सोलुखुम्बुका लागि हिँडेकेा ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको ४ वर्षीय छोरा मौसम राईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए ।
स्थानीयका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेकाआवस्थामा बालकलाई ठक्कर दिएको हो ।
बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।