आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र

मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र

समाचार, समाज
काठमाडौं— फागुन १६। हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइसकिएको छ । बुधबार साँझ चार जनाको शव ल्याइएकोमा बिहीबार बिहानै बाँकी तीनजनाको शवसमेत दुर्घटनास्थलबाट विमानस्थलमा ल्याइएको हो । बिहान केहीबेर मौसम सफाजस्तो भए पनि पुनः सुकेटार आसपास मौसम खराब भएको छ । मौसम अनुकुल हुनासाथ सातैजनाको शव काठमाडौं पठाउने तयारी भएको छ । यसैबीच बुधबारदेखि नै दुर्घटनास्थलमा उद्धारका लागि रहेका ताप्लेजुङ जिल्लाका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापासहित करिब ४५ सुरक्षाकर्मीलाई फर्कन कठिनाइ भएको छ । दुर्घटनास्थलमा बाक्लो हिमपात भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो । उनीहरु गएराति भिरमै बसेका थिए । सो क्षेत्रमा रातभरी हिमपात भएको थियो । उनीहरु डोरीको सहायतामा दुर्घटनास्थल पुगेका थिए । रातभरी चिसोमा कठ्यांग्रिएर बसेका र मौसमसमेत प्र...
नेपाली आकाशअसुरक्षित : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु

नेपाली आकाशअसुरक्षित : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भयाे । दुर्घटनमा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाए । यो दुर्घटना सहित पछिल्लो एक वर्ष यता नेपाली आकाशमा ९ वटा ठूला हवाई दुर्घटना भएका छन् । ती दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । हवाई दुर्घटनको विवरण कहिले                       कहाँ                        विमान                            मृत्यु २०७५।११।१५            ताप्लेजुङमा            एयर डाइनेष्टी हेलिकोप्टर                ७ जना २०७५।०५।२६             नुवाकोट            अल्टिच्युड एयरको हेलिकप्टर               ६ जना २०७५।०५।१६       त्रिभुवन विमानस्थल        यति एयरको विमान दुर्घटना २०७५।०३।१६         ग्राण्डी अस्पताल          सिम्रिक एयरको विमान ...
ताप्लेजुङमा भएका दुई भीआईपी हेलिकप्टर दुर्घटना

ताप्लेजुङमा भएका दुई भीआईपी हेलिकप्टर दुर्घटना

राजनीति, समाचार, समाज
काठमाडौं— फागुन १५। ताप्लेजुङमा १३ वर्षकोबीचमा भीआईपी चढेको दुई वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधवार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटना भएपछि ताप्लेजुङमा १३ वर्षको बीचमा भीआईपी बोकेको हेलिकप्टर दुर्घटना भएको हो । बुधवारको दुर्घटनामा पनि अधिकांश भीआईपी छन्। मन्त्री अधिकारीसहित यति एअरलाईन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे छन्। २०६३ भदौ ७ गते (१३ वर्षअघि) बहालवाला वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना परेका थिए। २४ जनामा अधिकांश भ...
हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार ६ यात्रु र क्याप्टेन गरी सातै जनाको निधन भएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए । प्रवक्ता सुवेदीका अनुसार हेलिकप्टरमा अझै आगो लागिरहेको छ । स्थानीय प्रहरीका अनुसार चिन्न नसकिने गरी डढेको अवस्थामा शवहरु फेला परेका छन् । (खबर हब)...
पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक

पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक

राजनीति, समाज
काठमाडौं— फागुन १५। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहति ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाइएको छ । दुर्घटनाको खबर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा थिए । दुर्घटनाको खबर आएलगत्तै गृहमन्त्रीले अपडेट लिएर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरुलाई पनि वालुवाटारमा बोलाइएको छ । बुधबार ताप्लेजुङबाट मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेस्टिकको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । (खबर हब)...
गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

समाचार, समाज
काठमाडौं— फागुन १५। ‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको छैन ।’ हेलिकोप्टर खोजीका लागि मुभ भएको सचिव राइले जानकारी दिए । मन्त्री अधिकारी पाथिभरा क्षेत्रको समग्र विकासका विषयमा छलफलमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए । (खबर हब)...
मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए भने हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। (न्युज २...
काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी, व्यवसायीक वातावरण नभए भोकहड्तालमा उत्रने व्याबसायीको चेतावनी

काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी, व्यवसायीक वातावरण नभए भोकहड्तालमा उत्रने व्याबसायीको चेतावनी

समाचार, समाज
काठमाण्डौं— फागुन १५। काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरि काठमाण्डौं मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ मल ब्यापार संघ’ले आन्दोलन गर्ने जनाएको छ । ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिबिधी गरेको जनाएकी छन् । कोषले शिव लक्ष्मी कोजु संगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न कोष चेतावनी दिएका छन् । लाखौं÷करोडौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिए...
धनुषामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते

धनुषामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते

समाचार, समाज
  काठमाडौं— फागुन १५। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काकरभित्ताबाट रौतहटको गौरतर्फ आइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक एक आपसमा ठोक्किए दुर्घटना भएको हो । दुर्घटनामा भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको ढल्केवर लालगढस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । (...
काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

समाचार, समाज
काठमाडौं— फागुन १३। काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ । तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ । लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी ...