Baluwatar

काठमाडौं— फागुन १५।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहति ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाइएको छ ।

दुर्घटनाको खबर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा थिए ।

दुर्घटनाको खबर आएलगत्तै गृहमन्त्रीले अपडेट लिएर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरुलाई पनि वालुवाटारमा बोलाइएको छ ।

बुधबार ताप्लेजुङबाट मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेस्टिकको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

(खबर हब)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here